मुलुकको स्थिरताका लागि निर्वाचन अपरिहार्य : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

मुलुकको स्थिरताका लागि निर्वाचन अपरिहार्य : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौंः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई अस्थिरता र बारम्बार हुने विद्रोहबाट जोगाउन निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमर्ला सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एक शताब्दीमै चार वटा ठूला क्रान्ति र आन्दोलन व्यहोरेको नेपालले अब थप संकट धान्न नसक्ने उल्लेख गर्दै भावी पुस्ताका लागि शान्त र अनुशासित मुलुक निर्माण गर्नुपर्नेमा जोड दिए । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मुलुकमा भएका राजनीतिक उतारचढाव र त्यसले ठूलो प्रभाव पारेको बताए । उनले राजनीतिक दल र नेतृत्वले यस विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताए ।

सञ्चारकर्मीहरूको भूमिकालाई उच्च प्राथमिकता दिँदै भण्डारीले समाचार संप्रेषणमा थप जिम्मेवार बन्न आग्रह गरे । सूचनाको विश्वसनीयता कायम राख्न ‘फ्याक्ट चेक’ (तथ्य जाँच) को महत्वबारे प्रकाश पार्दै उनले सत्य र विश्लेषणमा आधारित समाचारले मात्र समाजलाई सही दिशा दिने दाबी गरे । सञ्चारकर्मीहरूलाई सक्षम बनाउन प्रशिक्षण र क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा उनको विशेष जोड थियो ।

सम्बन्धित समाचार

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
  • २०८२ फाल्गुन १, १२: ०६

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...

दीपक मनाङे कारागारबाट छुटे
दीपक मनाङे कारागारबाट छुटे
  • २०८२ फाल्गुन १, १२: ०६

काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...

६ दलले पाए राष्ट्रिय दलको मान्यता
६ दलले पाए राष्ट्रिय दलको मान्यता
  • २०८२ फाल्गुन १, १२: ०६

काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...