कांग्रेस उपसभापति शर्मा भन्छन्- चुनाव कसले जित्छ दोस्रो प्रश्न, कसले देश गाँस्न सक्छ मूल प्रश्न – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

कांग्रेस उपसभापति शर्मा भन्छन्- चुनाव कसले जित्छ दोस्रो प्रश्न, कसले देश गाँस्न सक्छ मूल प्रश्न

तानसेन : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न चुनाव कसले जित्ने भन्दा पनि देश कसले गाँस्न सक्छ भन्ने मूल प्रश्न भएको बताएका छन् । पाल्पाको तानसेनमा आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा बोल्दै उपसभापति शर्माले चुनावको भन्दा पनि चिन्ता देशको रहेको बताएका हुन् ।

जिल्लाका कांग्रेसका दुवै उम्मेदवारसमेत रहेको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘०८४ सालमा हुनुपर्ने चुनाव किन ०८२ मा हुँदैछ ? किन ७४ आमाको काख रित्तियो ? किन सिंहदरबार जल्यो ? यसको जरामा रहेको कारण पहिचान गरेर सही ढंगले देशलाई कसले समन्वय गर्न सक्छ ? भविस्यमा जेन-जीपछिको पुस्ता अल्फाले विद्रोह गर्ने अवस्था आउन नदिन नयाँ दृष्टि, नयाँ योजना र नयाँ नेतृत्व कोसँग छ ? मूल प्रश्न यो हो ।’

शर्माले चुनावी जितहारपछि पनि मिलेर देश निर्माणको काममा लाग्नु पर्नेमा जोड दिँदै नयाँ आशा, नयाँ विश्वास जगाउन जुट्नु पर्ने बताए । उनले देश कसले हाँक्ने भन्ने दाबी कुनै पनि दलले गरिरहँदा देश गाँस्ने भन्ने मूल मन्त्र जप्दै अघि जानु पर्नेमा जोड दिए ।

चुनावी मैदानमा रहेका कुनै पनि दल र कुनै पनि प्रतिस्पर्धी उम्मेदवारलाई कांग्रेसले दुस्मन नमान्ने प्रष्ट पार्दै उपसभापति शर्माले सबैसँग हार्दिक प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘आलोचना गर्नुपर्दा स्वस्थ्य ढंगले गर्नेछ तर कसैलाई पनि गाली गर्नेछैन । देशभरका हाम्रा उम्मेदवार साथीहरूलाई पार्टीको यो नीति अनुरुप प्रस्तुत हुन आग्रह गर्दछु ।’

सम्बन्धित समाचार

कांग्रेसले निर्वाचनका लागि प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
कांग्रेसले निर्वाचनका लागि प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
  • २०८२ फाल्गुन १, १९: ११

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ प्रतिज्ञापत्र यही फागुन ३ गते सार्वजनिक गर्ने भएको छ । यही फागुन २१...

विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु : सभापति थापा
विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु : सभापति थापा
  • २०८२ फाल्गुन १, १९: ११

सर्लाहीः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को विकासका काम गर्ने बताएका छन्...

आइतबारसम्म मतपत्र छपाइ सकिने
आइतबारसम्म मतपत्र छपाइ सकिने
  • २०८२ फाल्गुन १, १९: ११

भक्तपुर : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक...