
काठमाडौं : नेकपा एमालेका युवा विद्यार्थीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन (बालेन्द्र शाह) को पुत्ला जलाएका छन् ।
बिहीबार रास्वपा कार्यक्रमका क्रममा दाङ एमालेको झण्डा जलाएको विरोधमा उनीहरूले शुक्रबार काठमाडौंमा बालेनको पुत्ला जलाएका हुन् ।
काठमाडौंको प्रदर्शनीमार्गमा बालेनको पुत्ला जलाउँदै एमालेका युवा विद्यार्थीले राँके जुलुस समेत निकालेका छन् ।
एमालेको झण्डा जलाउनेलाई अबिलम्ब कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
शुक्रबार दिउँसो दाङ प्रहरीले एमालेको झण्डा जलाएको आरोपमा तुलसीपुर-७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको जनाएको छ ।
काठमाडौं : ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ । शुक्रबार संघीय सरकार र महानगरपालिकाबीच भएको...
विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि...
मुस्ताङ : प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरबाट यहाँ...