फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन – Naya Bikalpa
February 22, 2026, Sunday      Epaper

फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौं : सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल)लाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जेनजी आन्दोलनका क्रममा छुट भएका घाइतेको विवरण उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई तत्काल स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिइएको बताए ।

उनका अनुसार जेनजी आन्दोलनका घाइतेहरूको उपचार र रातहलाई प्रभावकारी बनाउन गठित समन्वय समितिले यही फागुन १५ गतेभित्र घाइतेको विवरण उपलब्ध गराउने निर्णयनुसार मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले घाइतेहरूको सूचीकरण र वर्गीकरण पुनःवर्गीकरणसम्बन्धी कार्य समयमा सक्नका लागि यही फागुन १ देखि १५ गतेभित्र विवरण उपलब्ध गराउन भनिएको बताए । उनले फागुन १५ गतेभित्र आएका निवेदन उपर छानबिन गरी घाइतेको अन्तिम नामावली सार्वजनिक गरिने जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार अहिलेसम्म २०० जना घाइतेको मात्र वर्गीकरण विवरण उपलब्ध भएको छ । उनले जेनजी प्रदर्शनका क्रममा धेरै घाइते भए पनि सामान्य घाइते भएकालाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएको हुनसक्ने बताए ।

सरकारले जेनजी प्रदर्शनका क्रममा अतिगम्भीर वर्गीकरणमा परेकालाई र ती घाइतेलाई स्याहार गर्नेलाई मासिक रु नौ हजार, गम्भीर घाइतेलाई मासिक रु नौ हजार र मध्यम घाइतेलाई मासिक रु चार हजार उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए । उनका अनुसार जेनजी प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते भएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित समाचार

अर्काको आस्थामा चोट पुर्‍याउने काम नगर्न कांग्रेसको आग्रह (विज्ञप्तिसहित)
अर्काको आस्थामा चोट पुर्‍याउने काम नगर्न कांग्रेसको आग्रह (विज्ञप्तिसहित)
  • २०८२ फाल्गुन १०, १३: ०५

काठमाडौं : नेपाली कांग्रेसले अर्काको आस्थामा चोट पुर्याउने काम नगर्न आग्रह गरेको छ । पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका...

कोइरालाको लोकप्रियता बढ्दै जाँदा मोरङ ६ मा पार्टी प्रवेशको लहर
कोइरालाको लोकप्रियता बढ्दै जाँदा मोरङ ६ मा पार्टी प्रवेशको लहर
  • २०८२ फाल्गुन १०, १३: ०५

मोरङ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला विभिन्न सभादेखि लिएर घरदैलो कार्यक्रम...

काठमाडौं क्षेत्र नं. ९ मा बास्तोलाको समर्थनमा जुटे मतदाता
काठमाडौं क्षेत्र नं. ९ मा बास्तोलाको समर्थनमा जुटे मतदाता
  • २०८२ फाल्गुन १०, १३: ०५

काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ बाट नेपाली कांग्रेसको प्रत्यासी उम्मेदवार महिला नेता नानु बास्तोला यतिबेला घरघरमा आफ्नो पक्षमा मत...