
रौतहट : रौतहटको गौर नगरपालिकाका विभिन्न स्थानमा आज बिहान साढे ८ बजेदेखि पुन: कर्फ्यु लाग्ने भएको छ ।
शनिबार दिउँसो १ बजेदेखि जारी भएको कर्फ्यु आइतबार बिहान ६ बजेसम्म कायम रहेको थियो । भने, बिहान साढे ८ बजेसम्म केही खुकुलो रहने र त्यसपछि पुन: अनिश्चितकालीन कर्फ्यु लाग्ने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार कर्फ्यु गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेड, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर तथा दक्षिणमा गौर भन्सार कार्यालयभित्र कायम रहनेछ ।
गौर नगरपालिका– ६ स्थित सनगडा गाउँमा शनिबार बिहान मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दु समुदाय बाजा बजाउँदै आएपछि विवाद भएको थियो । विवादपछि झडप हुनुका साथै प्रदर्शनकारीहरूले सवारीसाधनहरू जलाउन थालेपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यु लगाएको थियो ।
धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ...
काठमाडौं : नेपाली कांग्रेसले अर्काको आस्थामा चोट पुर्याउने काम नगर्न आग्रह गरेको छ । पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका...
मोरङ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला विभिन्न सभादेखि लिएर घरदैलो कार्यक्रम...