सुदूरपश्चिममा डेंगुबाट ३ वर्षमा ७ हजारभन्दा बढी प्रभावित – Naya Bikalpa
February 22, 2026, Sunday      Epaper

सुदूरपश्चिममा डेंगुबाट ३ वर्षमा ७ हजारभन्दा बढी प्रभावित

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा डेंगु संक्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगुबाट संक्रमित हुनेको संख्या सात हजार ६८३ रहेको छ ।

स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा तीन हजार ३४९ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । आव २०८१/८२ मा यो संख्यामा सामान्य कमी आए पनि जोखिम भने कायमै रहेको उनले बताए । सो वर्ष तीन हजार ३१६ जनामा संक्रमण देखिएको थियो ।

चालु आर्थिक वर्षको हालसम्म प्रदेशमा एक हजार १८ जना डेङुगुबाट प्रभावित भइसकेका छन् । अधिकृत जोशीले भने, “अघिल्ला वर्षको तुलनामा डेंगुको ग्राफ केही घटेको देखिए पनि संक्रमणको जोखिम भने टरेको छैन । विशेषगरी तराईका जिल्लामा यसको प्रभाव बढी छ ।”

निर्देशनालयका अनुसार प्रदेशका कैलाली र कञ्चनपुर डेंगुबाट सबैभन्दा बढी प्रभावित जिल्ला हुन् । पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण पहाडी जिल्लामासमेत डेंगुका बिरामी फेला पर्न थालेका अधिकृत जोशीले बताए । उनका अनुसार डेंगु नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिँदै आएका छन् ।

यसैबीच, नागरिकस्तरबाट घर वरपर पानी जम्न नदिने र व्यक्तिगत सतर्कता अपनाउनमा कमी आउँदा संक्रमण पूर्ण रूपमा नियन्त्रण हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । ‘एडिस एजिप्टी’ जातको लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रणका लागि सचेतना मुख्य उपाय भएको अधिकृत जोशीले बताए । निर्देशनालयले ज्वरो आउने, जोर्नी दुख्ने र टाउको दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

अर्काको आस्थामा चोट पुर्‍याउने काम नगर्न कांग्रेसको आग्रह (विज्ञप्तिसहित)
अर्काको आस्थामा चोट पुर्‍याउने काम नगर्न कांग्रेसको आग्रह (विज्ञप्तिसहित)
  • २०८२ फाल्गुन १०, १३: २७

काठमाडौं : नेपाली कांग्रेसले अर्काको आस्थामा चोट पुर्याउने काम नगर्न आग्रह गरेको छ । पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका...

कोइरालाको लोकप्रियता बढ्दै जाँदा मोरङ ६ मा पार्टी प्रवेशको लहर
कोइरालाको लोकप्रियता बढ्दै जाँदा मोरङ ६ मा पार्टी प्रवेशको लहर
  • २०८२ फाल्गुन १०, १३: २७

मोरङ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला विभिन्न सभादेखि लिएर घरदैलो कार्यक्रम...

काठमाडौं क्षेत्र नं. ९ मा बास्तोलाको समर्थनमा जुटे मतदाता
काठमाडौं क्षेत्र नं. ९ मा बास्तोलाको समर्थनमा जुटे मतदाता
  • २०८२ फाल्गुन १०, १३: २७

काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ बाट नेपाली कांग्रेसको प्रत्यासी उम्मेदवार महिला नेता नानु बास्तोला यतिबेला घरघरमा आफ्नो पक्षमा मत...