धादिङमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु – Naya Bikalpa
February 23, 2026, Monday      Epaper

धादिङमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु


धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो । तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।

दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ । जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।

सम्बन्धित समाचार

जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
  • २०८२ फाल्गुन ११, ०७: ४७

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता...

अर्काको आस्थामा चोट पुर्‍याउने काम नगर्न कांग्रेसको आग्रह (विज्ञप्तिसहित)
अर्काको आस्थामा चोट पुर्‍याउने काम नगर्न कांग्रेसको आग्रह (विज्ञप्तिसहित)
  • २०८२ फाल्गुन ११, ०७: ४७

काठमाडौं : नेपाली कांग्रेसले अर्काको आस्थामा चोट पुर्याउने काम नगर्न आग्रह गरेको छ । पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका...

कोइरालाको लोकप्रियता बढ्दै जाँदा मोरङ ६ मा पार्टी प्रवेशको लहर
कोइरालाको लोकप्रियता बढ्दै जाँदा मोरङ ६ मा पार्टी प्रवेशको लहर
  • २०८२ फाल्गुन ११, ०७: ४७

मोरङ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला विभिन्न सभादेखि लिएर घरदैलो कार्यक्रम...