इलामका सुहाङ नेम्वाङले जिल्लाका योजना पूरा गर्न नसकेको भन्दै मतदाताको व्यापक असन्तुष्टि – Naya Bikalpa
March 7, 2026, Saturday      Epaper

इलामका सुहाङ नेम्वाङले जिल्लाका योजना पूरा गर्न नसकेको भन्दै मतदाताको व्यापक असन्तुष्टि

काठमाडौं : इलाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा निवर्तमान सांसद सुहाङ नेम्वाङले प्रस्ताव गरेका बैकल्पिक सहायक राजमार्ग विकास तथा शहरी पूर्वाधार सम्बन्धी योजनाहरु कार्यान्वयनमा नआएको भन्दै स्थानीयहरूले आलोचना गरेका छन् ।

उपनिर्वाचनमार्फत संघीय संसदमा प्रवेश गरेका नेम्वाङको पहलमा १७ वटा योजनामध्ये केही मात्र कार्यान्वयनमा आएका छन् भने अधिकांश योजनाको प्रक्रिया रोकिएको देखिएको छ ।
संघीय सरकारको २०८२÷०८३ को बजेट विवरण अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले इलाम क्षेत्र नं. २ मा बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत विभिन्न सडक आयोजना प्रस्ताव गरेको थियो ।

तर, उल्लेखित १७ मध्ये केवल फूएतप्पा–आमचोक–रातमाटे–कोलबोटे–एकतप्पा–मंगलबारे सडक मात्र कार्यान्वयनमा आएको छ ।

बाँकी सडक योजनाहरू बिपी मार्ग, माङसेबुङ–मंगलबारे–नेपालटार सडक कालोपत्रे, घजे–मनकामना सडक, दारेगौडा–फुङनाम–तोरीबारी सडक, र अन्य प्रमुख सडक सुधार योजनाहरू कार्यान्वयनका लागि अझै प्रक्रिया अगाडि बढाइएको छैन । ति योजनाहरुका लागि करीब ३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।

त्यस्तै, शहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास भवन निर्माणका योजना पनि कार्यान्वयनमा आउन सकेको छैन । इलाम नगरपालिका ९ भन्ज्याङ सडक र इलाम नगरपालिका ११ सोयाक सडकमा पुवा खोलामा पुल निर्माण, सडक डिभिजन कार्यालय इलामको कार्यालय भवन निर्माण, चेछेन छ्योग म्यूरलिङ गुम्बा परिसर पहिरो नियन्त्रण जस्ता आयोजना अझै कार्यान्वयनमा आउन बाँकी छन् । यी प्रत्येक योजनामा कुल ३ देखि ४ करोड रुपैयाँसम्मको बजेट विनियोजन गरिएको छ ।

नेम्वाङको पहलमा १७ वटा योजना मध्ये केही आयोजना कार्यान्वयनका आएका छन् । साखेजुंग–तामाङ्ग गाउँखोल्सासम्म सडक स्तरोन्नती, शान्ती डाँडावाफुग–जनता आधारभूत विद्यालय सडक स्तरोन्नती, माइ–तितीरी–सेतिखहरे–दोभान सडक स्तरोन्नती, तोरीबारी–दारेगौडा–चुली सडक खण्ड र देउमाइ–दोभान–नाडरूङ–देउराली–हुलाक सडक माङसेबुङ लगायतका परियोजनाहरू कार्यान्वयनमा आएका छन् । प्रत्येकको लागि लगभग ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

चुनावी प्रतिस्पर्धामा रहेका नेम्वाङ दोस्रो जितको प्रयासमा छन् । उनलाई कांग्रेसका भेषराज आचार्यले बलियो टक्कर दिइरहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको आयोजनाको नाम : वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम

कार्यान्वयन भएको आयोजना

–फूएतप्पा आमचोक – रातमाटे कोलबोटे एकतप्पा–मंगलबारे सडक फाकफोथुम गाउँपालिका – ३ करोड बजेट ।
कार्यान्वयन नभएका योजनाहरु
–विपि मार्ग माङसेबुङ ६ र मंगलबारे नेपालटार सडक कालोपत्रे – ३ करोड बजेट
–घजे मनकामना सडक तथा मेची राजमार्ग इलाम नगरपालिका एक्लेबर सडक, इलाम– ३ करोड
– दारेगौडा फुङनाम तोरीबारी सडक, सुबासरत्न स्मृती मार्ग इलाम –३ करोड बजेट
– चुलाचुली गाउँपालिका वडा नं. ३ चाँजुखोला देखी सुकुना सम्मको सडक स्तरोन्नती, हर्कटे लामपधेरौ महेन्द्रवेशी सडक स्तरोन्नती सूर्योदय नगरपालिका ६ इलाम –३ करोड बजेट
–माइ नगरपालिका ७ तमाखे देखि चुलाचुली गाउँपालिका ३ सार्कीटार सम्म सडक कालोपत्रे, इलाम – ३ करोड
– सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङ देखि छहरे माइजोगमाई गा.पा. भिते प्याङ पञ्चमी सन्दकपुर गापा– जमूना–माबु– माइमझुवा बुधबारे देउराली–आलुबारी इलाम नगरपालिकाको बाघखोर (मेची राजमार्ग सम्म) सीमावर्तित सडक

सहरी विकास मन्त्रालय अन्र्तगतको कार्यान्वयन नभएको आयोजना

–इलाम न.पा. ९ भन्ज्यांग सडक र इलाम न.पा. ११ सोयाक सडकको पुवा खोलामा सडक पुल, इलाम–४ करोड
– सडक डिभिजन कार्यालय इलामको कार्यालय भवन निर्माण कार्य– ३ करोड
– चेछेन छ्योग म्यूरलिङ गुम्बा परिसरको पहिरो नियन्त्रण, गुरु आश्रम आवास निर्माण, इ.न.पा. ६ चुरेघाटी, इलाम –३ करोड
– ईलाम १२ रत्नगोलाइ इन्टेक–साङरुम्बा वडा कार्यालय पूर्वाधार निर्माण कार्य– ३ करोड

कार्यान्वयन भएको योजनाहरु

–साखेजुंग वार्ड नं १ जनता आधारभूत विद्यालय शिवालयबाट तामाङ्ग गाउँ खोल्सासम्म सडक स्तरोन्नती, इलाम न.पा. १.इलाम–३ करोड
–शान्ती डाँडावाफुग झुत्रे खोलाबाट जनता आधारभूत विद्यालय सम्म सडक स्तरोन्नती, ईलाम न.पा. १. ईलाम –३ करोड
– माइ न.पा ६ तितीरी चोक सेतिखहरे दोभान सडक स्तरोन्नती, ईलाम –३ करोड
– तोरीबारी दारेगौडा चुली सडक खण्ड, ईलाम–३ करोड
– देउराली, चमैता बिन्दुले मंगलबारे सडक खण्ड, ईलाम–३ करोड
– देउमाइ दोभान नाडरूङ देउराली हुलाक सडक माङसेबुङ, ईलाम –३ करोड

सम्बन्धित समाचार

४९ हजार भन्दा बढी मतले ओली पराजित, बालेन शाह विजयी
४९ हजार भन्दा बढी मतले ओली पराजित, बालेन शाह विजयी
  • २०८२ फाल्गुन १८, १६: ५२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार...

झापा-५ मा ओलीलाई भारी मतान्तरले हराउँदै बालेन शाह निर्वाचित
झापा-५ मा ओलीलाई भारी मतान्तरले हराउँदै बालेन शाह निर्वाचित
  • २०८२ फाल्गुन १८, १६: ५२

काठमाडौँ : प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ मा विशाल मतान्तरले पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र...

भारतीय प्रधानमन्त्री मोदीले दिए नेपाललाई बधाई, नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध
भारतीय प्रधानमन्त्री मोदीले दिए नेपाललाई बधाई, नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध
  • २०८२ फाल्गुन १८, १६: ५२

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएका छन्। शनिबार उनले सामाजिक सञ्जालमा लेख्दै...