
काठमाडौं : आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ की उम्मेदवार नानु बास्तोला सामाजिक तथा राजनीतिक क्षेत्रमा परिचित नाम हो । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी बास्तोला सुशासन, सामाजिक न्याय र समाज परिवर्तनको एजेण्डामा निरन्तर सक्रिय रहेकी छिन् ।
त्रिभुवन विश्वविद्यालय, स्वास्थ्य शिक्षा विभाग शिक्षामा स्नातकोत्तर र गान्धी अध्ययन संस्थान, महाराष्ट्र, भारतबाट गान्धी विचारमा स्नातकोत्तर गरेकी उनी सामाजिक र राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय छिन् । बास्तोलाले मतदातामाझ महिला, युवा एवम नयाँ पुस्ताको भूमिका सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छिन् ।
सामाजिक कार्य र महिला सशक्तिकरणका मुद्दामा बलियो पहिचान बनाएकी बास्तोला चुनावी अभियानका क्रममा घरदैलोमा पुगिन् । निर्वाचन आयोगले दिएको चुनावी अभियानको समय र आचारसंहितलाई पूर्ण पालना गर्दै सामाजिक कार्यबाट राजनीतिक उचाई बनाउने उनले लक्ष्य लिइन् । काठमाडौँ क्षेत्र नम्बर ९ का मतदाता माझ लोकप्रिय बन्दै गएकी बास्तोलालाई स्थानीयले भरोसायोग्य नेताका रूपमा लिएका छन् ।
उनी स्थायीबासी भएकाले पनि चुनाव जित्न सहज हुने स्थानीयहरू बताउँछन् । बास्तोलको प्रतिष्पर्धामा देखिएका उम्मेदवारहरू बाहिरी जिल्लाबाट आएर मतदातालाई अनेकन प्रलोभनमा पार्दै आएका छन् । मतदाताहरुसँग औपचारिक भेटघाट र कार्यक्रममा व्यस्त देखिएकी उनले आफूलाई चुनावी उम्मेदवार मात्रै नभइ स्थायी रूपमा सामाजिक, राजनीतिक र विकासका क्षेत्रमा क्रियाशील नारीका रूपमा पहिचान दिएकी छिन् । पछिल्लो समय कांग्रेसको विशेष महाधिवेशनपछि भएको नेतृत्व र नीति परिवर्तनलाई पनि चुनावी अभियानमा प्राथमिकता बनाइरहेको उनले बताइन् ।
नेपाली कांग्रेस, विशेष अधिवेशनबाट केन्द्रिय सदस्य बनेकी बास्तोला १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यसमेत हुन् । गत निर्वाचनमा निर्वाचन परिचालन केन्द्रीय समिति संयोजक रहेर काम गरेको उनीसँग अनुभव छ । त्यस्तै निर्वाचन घोषणापत्र विकास समिति, सदस्य, स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय परिचालन समिति सदस्यसमेत रहेर काम गरेकी छिन् ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्य, सुदूरपश्चिम प्रदेश निर्वाचन अभियान उप–संयोजकको भूमिकासमेत उनले निर्वाह गरेकी छिन् । त्यस्तै २०१०–२०१६ नेपाल महिला संघ केन्द्रीय समिति सदस्य भएकी थिइन् ।
त्यसअघि उनी १९९८ देखि २००८ सम्म नेपाल विद्यार्थी दुई कार्यकाल केन्द्रीय समिति सदस्य भएर काम गरेकी नेतृ हुन् ।
‘पार्टीले आगामी निर्वाचनका लागि दीर्घकालीन र अल्पकालीन रूपमा देश विकासका खाका तयार पारेको छ’, बास्तोलाले भनिन्, ‘जनतासँगको भेटले भरोसा र ऊर्जा थपेको छ । मैले जित्नेमा कुनै शंका छैन । किनकि मेरो जीवन नै सामाजिक , राजनीतिक, सुशासन र विकासका सवालमा बितेको छ ।’
बदलिएको परिस्थितिमा बदलिएको कांग्रेसलाई लिएर जनताको अपेक्षा पूरा गर्ने दृढ संकल्पका साथ चुनावी अभियानमा लागेको उनको दाबी छ । निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भए दीर्घकालीन र अल्पकालीन रूपमा देश विकासका लागि गर्नुपर्ने पहल, नीति निर्माण र कार्यान्वयनमा विशेष काम गर्ने उनको लक्ष्य छ । ‘हामीले दीर्घकालीन र अल्पकालीन रूपमा देश विकासका लागि गर्नुपर्ने योजना बनाएका छौं’, उनले भनिन्, ‘अग्रजलाई सम्मान गर्दै, युवा र महिलाको प्रतिनिधित्व गर्दै उनीहरूका एजेण्डा संसदमा बलियारूपमा प्रस्तुत गर्ने मेरो लक्ष्य हो ।’
युवा पलायन रोक्नुपर्ने र विदेशबाट नेपाल फर्काएर रोजीरोटी सिर्जना गर्न सरकारी नीतिमा सुधार आवश्यक रहेको उनको जोड छ । नेता बास्तोलाले स्थानीय विकास, स्वरोजगार, कृषि, उद्यमशीलता, सडक र पूर्वाधार निर्माणमा आफ्नो अभियान केन्द्रित गरेकी छन् । सत्तामा भए वा नभए पनि आफ्ना क्षेत्रका मतदाताहरुसँग सधैँ सहकार्य गर्दै अघि बढ्ने उनको दृढता छ ।
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...
काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...
काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...