काठमाडौं १० मा राजन केसीको विरासत जोगाउँदै हिमाल कार्की – Naya Bikalpa
March 7, 2026, Saturday      Epaper

काठमाडौं १० मा राजन केसीको विरासत जोगाउँदै हिमाल कार्की


काठमाडौं : पद र नामभन्दा कर्ममा विश्वास गरेर निरन्तर जनताको सेवामा समर्पण गर्ने व्यक्तिको नाम हो– हिमाल कार्की । उनी विगत चार दशकदेखि जनताको साथमा रहेर जनताकै सेवक बनेर निरन्तर सक्रिय रहँदै आएका छन् । तिनै कार्की यस पटकको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १० को नेपाली कांग्रेसका तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् ।

कीर्तिपुर नगरपालिका ५ मा २०२७ सालमा जन्मिएका कार्कीले आफ्नो राजनीतिक यात्रा २०४३ सालमा नेपाल विद्यार्थी संघको सदस्य भएसँगै शुरू भएको हो । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका कार्कीले कीर्तिपुर २०५४ सालको स्थानीय निर्वाचनमा ५ वडाको अध्यक्षमा निर्वाचित भएका थिए । वडा अध्यक्षका रूपमा २०५४ सालमा नै सफल नेतृत्व प्रदान गर्दै कीर्तिपुरमा विकास, सुशासन र पारदर्शिताका उदाहरणीय कर्मले उनी जनताको मनमा बस्न सफल भएका छन् । हिजोको आन्दोलनमा देखिएको इमान, आजको राजनीतिले खोजेको उत्तरदायित्व र राष्ट्रका लागि चाहिने स्पष्ट दृष्टिकोण र भिजन भएको व्यक्ति नाम नै हिमाल कार्की हो ।

यस निर्वाचन क्षेत्रका जनताको नजरमा उनी एक अध्ययनशील, दूरदर्शी र स्पष्ट सोच भएका व्यक्तित्वका रूपमा परिचित छन् । नेपाली कांग्रेसको निर्वाचित संघीय, प्रदेश र स्थानीय जनप्रतिनिधिहरूको प्रमुख सल्लाहकार र मार्गदर्शक रूपमा नीति तथा कार्यक्रममा महत्वपूर्ण भूमिका खेल्दै आएका उनले विभिन्न कालखण्डमा विविध सामाजिक तथा शैक्षिक संस्थाहरूको सफलतापूर्वक नेतृत्व गरेका छन् । कांग्रेसका प्रतिबद्ध नेता तथा लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा कार्की हाल दोश्रो पटक काठमाडौँ जिल्ला सदस्यका रूपमा संगठनमा निरन्तर क्रियाशील छन् ।

अब ‘भिजन १० हिमाल कार्की मुममेन्ट’ को स्पष्ट मार्गचित्रसहित स्थानीय सुशासन, समुन्नति र सहकार्यको ठोस योजना लिएर उनी प्रतिनिधि सभामा जनताको सशक्त आवाज बन्ने अभियानमा अघि बढेका छन् । सुशासन, समुन्नति, विकास र विश्वासको यात्रामा — साथ दिऔँ सही व्यक्ति, सही ठाउँका प्रतीक हिमाल कार्कीलाई भन्ने नाराका साथै चुनावी प्रतिस्पर्धामा छन् ।

इतिहास सम्झौताबाट होइन, संघर्षबाट बन्छ भन्ने मूर्तरूपको ज्ञाता हिमाल कार्की हुन् । जसले राजनीति दलको दास होइन, जनताको आवाज हो भन्ने बुझेको छ । उनी संघर्षको इतिहास, भरोसाको भविश्य बन्ने लक्ष्यसहित आउँदो फागुन २१ गते हुने संघ प्रतिनिधिसभाको चुनावका लागि काठमाडौँ क्षेत्र १० प्रतिस्पर्धामा छन् । उनको यो उम्मेदवारी मात्र होइन, विचारको पक्षलाई संस्थागत गर्ने संघर्ष पनि हो ।

यसअघि यो निर्वाचन क्षेत्रमा दुई पटकलगातार कांग्रेसकै राजन केसीले जितेको ठाउँ हो । कार्कीले यसअघिको मत मात्रै जोगाएर आफ्नो पक्षमा पार्न सकेको खण्डामा चुनाव जित्न गाह्रो छैन । चुनावलाई अवसर रूपमा मात्रै नहेरी त्यहाँका नागरिकप्रतिको जिम्मेवारीलाई महत्व दिने भएकाले पनि उनलाई चुनाव सहज देखिएको छ ।

२०४६ सालको जनआन्दोलनमा सडकबाट उठेको एउटा निडरको रूपमा हिमाल कार्कीलाई चिन्छन । प्रजातन्त्रका लागि लाठी र गोलीसँग आँखा जुधाएको सच्चा योद्धाको रुपमा पनि चिन्न सकिन्छ ।

समयले उनलाई केवल नारामा मात्र होइन सेवामा खारिएको समाजसेवी बनाइएको छ । उनलाई तत्कालीन वडा नं.१२ को २०५४ सालको स्थानीय तहको वडाध्यक्ष बनाई गाउँठाउँ सेवा गर्ने मौका पनि दिइएको थियो । यस्तै अनेक घटनाक्रम र जिम्मेवारीमा सफल भएकै कारण विसं २०८२ साल २१ गते हुन गइरहेको संघको चुनावमा संघ प्रतिनिधिका रूपमा उभिँदा उनी कुनै आकस्मिक नेताको रूपमा वा अवसरको प्रतिनिधि स्वरुप अवतरण भएको पात्र मात्र होइन लामो संघर्षबाट निख्रिएको भरोसा पनि हुन् भन्ने सहजै बुझ्न सकिन्छ ।

‘बदलिएको कांग्रेसले अब देश बदल्छौँ’ भन्ने राष्ट्रिय नारासहित देशको १६५ वटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छ । काठमाडौँ १० को कांग्रेसको तर्फबाट कार्की यस क्षेत्रमा नागरिकका लागि कागजी प्रतिवद्धता होइन, यहाँका नागरिकका हरेक समस्यामा आवश्यकता अनुसार घरआँगनमै उपलब्ध हुने बाचा गर्ने सोच धनी हिमाल कार्की विकल्परहित पात्र हुन् । यस क्षेत्रका मतदाताले हिमाल कार्कीको संघर्ष र त्यागको योगदानलाई नजिकबाट बुझेका छन् । यसअघि दुई पटकको निर्वाचनमा राजन केसीको विरासतलाई कायम राख्न सहज देखिन्छ ।

सम्बन्धित समाचार

४९ हजार भन्दा बढी मतले ओली पराजित, बालेन शाह विजयी
४९ हजार भन्दा बढी मतले ओली पराजित, बालेन शाह विजयी
  • २०८२ फाल्गुन १८, २१: ४६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार...

झापा-५ मा ओलीलाई भारी मतान्तरले हराउँदै बालेन शाह निर्वाचित
झापा-५ मा ओलीलाई भारी मतान्तरले हराउँदै बालेन शाह निर्वाचित
  • २०८२ फाल्गुन १८, २१: ४६

काठमाडौँ : प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ मा विशाल मतान्तरले पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र...

भारतीय प्रधानमन्त्री मोदीले दिए नेपाललाई बधाई, नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध
भारतीय प्रधानमन्त्री मोदीले दिए नेपाललाई बधाई, नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध
  • २०८२ फाल्गुन १८, २१: ४६

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएका छन्। शनिबार उनले सामाजिक सञ्जालमा लेख्दै...