मैान अवधिमा भ्रमपूर्ण समाचार फैलाएको भन्दै कांग्रेसले जनायो कडा आपत्ति – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

मैान अवधिमा भ्रमपूर्ण समाचार फैलाएको भन्दै कांग्रेसले जनायो कडा आपत्ति

काठमाडौं : नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमा सभापति गगन थापाको तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा भ्रामक सामग्री प्रकाशन गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

कांग्रेसले ‘लालीगुराँस मिडिया नेटवर्क’ नामक संस्थाले आफ्नो फेसबुक पेजमार्फत अन्यत्रको तस्बिर सम्पादन गरी सभापति थापाको तस्बिर प्रयोग गर्दै पार्टीलाई बद्नाम गराउने उद्देश्यले कपोलकल्पित सामग्री सार्वजनिक गरेको विज्ञप्तिमा जनाएइको छ । पार्टीले यसलाई सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भएको दाबी गरेको छ ।

कांग्रेसले यस्तो आधारहीन सामग्रीले आम नागरिकलाई दिग्भ्रमित पार्नुका साथै निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको जनाएको छ । प्रेस विज्ञप्तिमार्फत पार्टीले घटनाबारे आवश्यक छानबिन गरी प्रचलित कानुनअनुसार सम्बन्धित संस्थामाथि कडा कारबाही गर्न आग्रह गरेको छ ।

यस सम्बन्धमा निर्वाचन आयोग र प्रेस काउन्सिल नेपाललाई लिखित जानकारी गराइसकिएको कांग्रेसले जनाएको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सत्य, तथ्य र यथार्थ सूचनाका आधारमा मात्रै समाचार सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरिएको छ ।

नेपाली कांग्रेस पार्टी कार्यालयका कामु मुख्य सचिव कृष्णप्रसाद दुलालले नयाँ विकल्पसँग कुरा गर्दै पार्टीको उजुरीपछि निर्वाचन आयोग, साइबर ब्युरो र प्रेस काउन्सिल नेपालले उक्त समाचार हटाउन निर्देशन दिएपछि उक्त नेटवर्कले समाचार हटाएको जानकारी दिए ।

सम्बन्धित समाचार

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
  • २०८२ फाल्गुन १९, १९: ४४

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...

दीपक मनाङे कारागारबाट छुटे
दीपक मनाङे कारागारबाट छुटे
  • २०८२ फाल्गुन १९, १९: ४४

काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...

६ दलले पाए राष्ट्रिय दलको मान्यता
६ दलले पाए राष्ट्रिय दलको मान्यता
  • २०८२ फाल्गुन १९, १९: ४४

काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...