
१. आम निर्वाचन २०८२ सम्पन्न भयो
अप्रत्याशितरुपमा घोषित आम निर्वाचन २०८२ यही फागुन २१ गते शान्तिपूर्ण वातावरणमा एकैदिन सम्पन्न भएको छ जसका लागि अचानक भवितव्यका रुपमा अन्तरिम सरकारको अभिभारा लिनु भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र उहाँका सहयोगीहरुलाई धन्यवाद दिनैपर्छ । कहीँ कतै अवरोध नभई एकैपटक मुलुकभरि यसरी शान्तिपूर्वक निर्वाचन हुन सकेकोमा निर्वाचन आयोग, सुरक्षाकर्मीहरु, मतदाता अनि कर्मचारीहरु सबै नै धन्यवादका पात्र बनेका छन् । वहुदलीय शासन व्यवस्थाका मुख्य सरोकारवालाहरु भनेका दलहरु हुन् ।
सत्तामा रहेकै बेलैमा जेनजी आन्दोलन भएको थियो र ती सत्तामा भएका या नभएका संसदमा प्रतिनिधित्व गर्ने दलहरुमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा —बाहेक अन्य दलहरुको भने संसदमा नगण्य प्रतिनिधित्व हुने भएको छ । मुलुकको सबैभन्दा पुरानो र प्रजातान्त्रिक दल नेपाली कांग्रेस, कम्युनिस्ट भए पनि वहुलवादमा आवश्यकता अनुसार विश्वास गर्ने नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी —लेनिनवादी ( नेकपा एमाले)नेपालका धेरै कम्युनिस्ट पार्टीहरुको समूह नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी सँगै मधेसवादी दलहरु सबैले अस्तित्व जोगाउन हम्मे हम्मे भएको देखिएको छ । खासगरी नेपाली कांग्रेस र एमालेले आफ्नो लज्जास्पद हारका लागि आत्मसमीक्षा गर्लान् र फेरि उठ्लान् । तर यो निर्वाचन सम्पन्न भएकोमा भने निर्वाचन आयोगको परिपक्वताको प्रशंसा गर्नैपर्छ र सुरक्षाको असल प्रबन्ध हुन सकेकोमा एकीकृत सुरक्षाको प्रबन्धका लागि सरकारलाई धन्यवाद तथा सुरक्षाकर्मीहरुको संयमता अनि जागरुकतासँग उनीहरुको प्रजातन्त्रप्रतिको समर्पणलाई पनि धन्यवाद दिनैपर्छ । नेपाल प्रहरीको सुझबुझ र आत्मसंमयताको जति प्रशंसा गरे पनि कमै हुन्छ । नेपाली जनताले दिएको जनादेशलाई आत्मसात् गर्नु नै प्रजातन्त्रको सम्मान गर्नु हो भन्ने पनि बिर्सनु हुँदैन ।
२. पर्यवेक्षकका आँखाबाट यो निर्वाचनको समीक्षा
यो निर्वाचनको विशेषता भनेको विद्युतीय माध्यमद्वारा प्रचार प्रसार हो । कुनै हल्लखल्ल नभई चुपचाप शान्तपूर्वक मतपत्रद्वारा ठुलो परिवर्तनको संकेत गरेकै हो । यो जनादेशको भारलाई रास्वपाले कसरी सदुपयोग गर्छ या प्रतिशोधको राजनीति गरेर दुरुपयोग गर्छ , त्यो त हेर्न बाँकी नै छ । यसपटकको जनलहरको केन्द्रविन्दुमा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह हुनुहुन्छ जो भावी प्रधानमन्त्रीका रुपमा चर्चित हुनुहुन्छ । निर्दलीय उम्मेदवारको रुपमा काठमाडौँ महानगरपालिकाको मेयर हुने चर्चित बालेन्द्रजी जसलाई बालेनको नाममा चिनिन्छ, रास्वपा प्रवेश गरेर चमत्कारिकरुपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्नुभयो करिब ५० मतको फरकमा । दलप्रति विश्वास गर्नु र दलको छातामा आफूलाई उभ्याएर यो अप्रत्याशित वहुमतको, प्रचण्ड वहुमतको सरकार प्रमुख बन्न लाग्नु भएकोमा बधाई तथा शुभकामना दिनैपर्छ ।
विश्वास गरौँ, मुलुकले प्रजातान्त्रिक बाटोलाई पछ्याउँदै सुशासनको प्रत्याभूति व्यावहारिकरुपमा नै दिनेछ र प्रजातन्त्रका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्नेछ । अत्यििधक शक्तिले प्रजातन्त्रमा हिटलरको पनि प्रादूर्भाव भएको थियो र त्यसको पतनका बारेमा यहाँ भन्नु आवश्यक छैन किनभने जनादेश परिवर्तन भइरहन्छ , जनता त जनार्दन हुन् । निकट अतीतका उदाहरणहरुले पनि त्यो प्रमाणित गरेको छ कि सत्तालाई जनताका पक्षमा र सामाजिक न्यायका पक्षमा अनुवाद गर्न सकेमात्र प्रचण्ड वहुमतको कदर र सम्मान भएको मानिन्छ ।
३. र अन्त्यमा, मुलुकले चाहेको के हो ? त्यसको निराकरण गरौँ
मुलुकले चाहेको शान्तिपूर्ण परिवर्तन हो रहेछ । जनादेशले पनि त्यही प्रमाणित गरेको छ । रास्वपा दुई तिहाईको नजिक छ । २०७२सालमा आएको संविधान सुधारको आवश्यकता छ र त्यसमा प्रजातन्त्रलाई घाउ नलगाईकन पनि सुधार गर्न सकिन्छ । त्यसका लागि सरकारमा भएको दलले मात्र एकाधिकार देखाएर संशोधन गरेमा त्यसले फेरि विवादको सृजना गर्नेछ । संशोधन किन गर्ने भन्नेमा सर्वदलीय सहमति चाहिन्छ ।
सबैभन्दा बढी सरोकारवालाह भनेको जनता नै हुन् र त्यसले सुशासन दिन, भ्रष्टाचारमुक्त समाजको सृजना गर्न , चुस्त प्रशासनको निर्माण गर्न र आधुनिक संसारमा नेपालको प्रवेशलाई उचित ठह¥याउन पनि संविधान संशोधन गर्नृु आवश्यक छ भनेमात्र चलाउँ, नत्र यसैलाई कार्यान्वयन गरेर प्रजातान्त्रिक नेपालको विकासमा अघि बढौँ । जनताको हित नै सर्वोपरि हो, प्रजातान्त्रिक व्यवस्थाको विकल्प अर्को हुनै सक्दैन । त्यसैले हिजोका दिनका कमी कमजोरीहरुलाई सुधार गरी , सबै दलहरुका बिचमा समन्वयात्मक सम्बन्ध राखी नयाँ सरकार अघि बढोस् जसले अभिव्यक्ति स्वतन्त्रतासँगै मानव अधिकारको सम्मान गर्ने शासनको प्रत्याभूत दिन सकोस् । समस्याको निराकरण गरौँ, समस्या नबल्झाऔँ ।
यही फागुन २१ गते भएको आम निर्वाचनमा रास्वपालाई बहुमत मात्रै होइन दुइतिहाइ नजिक पु¥याउँदै छ । यद्यपी नेपालमा उग्रवामपन्थी कम्युनिष्टहरुलाई...
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बन्न पुगेको...
-जयप्रकाश आनन्द “जीतमा दुश्मन पनि मित्र हुन्छन् र पराजयमा मित्र पनि शत्रु बन्न जान्छन्।” राजनीति जस्तो कठोर क्षेत्रमा यो पुरानो...