अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताएका छन् । गत साता देशवासीका नाममा सम्बोधन गर्दै उनले उत्तर कोरियाले अझै पनि विश्व समुदायको कुरा नसुनेर अत्यन्त गैरजिम्मेवार ढङ्गले आणविक क्षेप्यास्त्र बनाइरहेकाले यसले अमेरिकाको कुनै भू–भागलाई लक्ष्य बनाउन सक्ने बताएका छन् । उनले अमेरिकाले र लगभग विश्वले नै उत्तर कोरियाको यो शस्त्रको होड रोक्नका लागि आजका मितिसम्म निकै ठूलो प्रयत्न गरिरहेको बताए ।
राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा रुस र चीनलाई पनि उनीहरुले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यताहरुलाई चुनौती दिइरहेको आरोप लगाए । यसैबीच अमेरिकी प्रशासनले विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएकोमा त्यस विषयमा समन्वयात्मक रुपमा मिलेर अघि बढ्न पनि राष्ट्रपति ट्रम्पले आग्रह गरे ।
ती ११ देशका नागरिकहरुले अब अमेरिका प्रवेश गर्न पाउने र उनीहरुले सुरक्षासम्बन्धी नयाँ व्यवस्थाको सामना गर्नुपर्ने नियम सार्वजनिक गरेको भोलिपल्टै राष्ट्रपति ट्रम्पले सो विषयमा काम गर्ने अमेरिकी र सबैलाई मिलेर अघि बढ्न आग्रह गरे । यसरी प्रतिबन्ध हटाइएका देशहरुमा इजिप्ट, इरान, लिबिया, माली, उत्तर कोरिया, सोमालिया, दक्षिणी सुडान, सिरिया र यमन रहेका छन् । त्यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले इस्लामिक स्टेट (आइएस) नामको आतङ्ककारी समूहलाई पूर्ण रुपमा पराजित नगर्दासम्म उसका विरुद्धको अमेरिकी लडाईं जारी नै रहने पनि बताएका छन् । बुधबार अमेरिकाको दुवै सदनको संयुक्त बैठकलाई संयुक्त रुपमा सम्बोधन गर्दै अमेरिकालाई महान बनाउन ह्वाइट हाउस लागि परेको बताए ।
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...
काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् ।...
काठमाडौँ । स्पेनको मध्यभागमा बुधबार बिहान दुई रेल ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ठूलो सङ्ख्यामा यात्रु घाइते...