उत्तर कोरिया अझै पनि अमेरिकाको लागि खतरा हुनसक्नेः ट्रम्प – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

उत्तर कोरिया अझै पनि अमेरिकाको लागि खतरा हुनसक्नेः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताएका छन् । गत साता देशवासीका नाममा सम्बोधन गर्दै उनले उत्तर कोरियाले अझै पनि विश्व समुदायको कुरा नसुनेर अत्यन्त गैरजिम्मेवार ढङ्गले आणविक क्षेप्यास्त्र बनाइरहेकाले यसले अमेरिकाको कुनै भू–भागलाई लक्ष्य बनाउन सक्ने बताएका छन् । उनले अमेरिकाले र लगभग विश्वले नै उत्तर कोरियाको यो शस्त्रको होड रोक्नका लागि आजका मितिसम्म निकै ठूलो प्रयत्न गरिरहेको बताए ।

राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा रुस र चीनलाई पनि उनीहरुले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यताहरुलाई चुनौती दिइरहेको आरोप लगाए । यसैबीच अमेरिकी प्रशासनले विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएकोमा त्यस विषयमा समन्वयात्मक रुपमा मिलेर अघि बढ्न पनि राष्ट्रपति ट्रम्पले आग्रह गरे ।

ती ११ देशका नागरिकहरुले अब अमेरिका प्रवेश गर्न पाउने र उनीहरुले सुरक्षासम्बन्धी नयाँ व्यवस्थाको सामना गर्नुपर्ने नियम सार्वजनिक गरेको भोलिपल्टै राष्ट्रपति ट्रम्पले सो विषयमा काम गर्ने अमेरिकी र सबैलाई मिलेर अघि बढ्न आग्रह गरे । यसरी प्रतिबन्ध हटाइएका देशहरुमा इजिप्ट, इरान, लिबिया, माली, उत्तर कोरिया, सोमालिया, दक्षिणी सुडान, सिरिया र यमन रहेका छन् । त्यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले इस्लामिक स्टेट (आइएस) नामको आतङ्ककारी समूहलाई पूर्ण रुपमा पराजित नगर्दासम्म उसका विरुद्धको अमेरिकी लडाईं जारी नै रहने पनि बताएका छन् । बुधबार अमेरिकाको दुवै सदनको संयुक्त बैठकलाई संयुक्त रुपमा सम्बोधन गर्दै अमेरिकालाई महान बनाउन ह्वाइट हाउस लागि परेको बताए ।

सम्बन्धित समाचार

ट्रम्पको घोषणा: इरानसँगको युद्धविराम अब समाप्त, नयाँ सम्झौता नहुने
ट्रम्पको घोषणा: इरानसँगको युद्धविराम अब समाप्त, नयाँ सम्झौता नहुने
  • २०७४ माघ २२, ०८: ५१

काठमाडौँ| अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब प्रभावहीन भइसकेको दाबी गर्दै तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका...

इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा
इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा
  • २०७४ माघ २२, ०८: ५१

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा...

भेनेजुएला भूकम्प : मृत्यु संख्या १ हजार ७ सय नाघ्यो, हजारौँ भवन क्षतिग्रस्त
भेनेजुएला भूकम्प : मृत्यु संख्या १ हजार ७ सय नाघ्यो, हजारौँ भवन क्षतिग्रस्त
  • २०७४ माघ २२, ०८: ५१

काठमाडौँ । गत साता भेनेजुएलामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार ७१९ पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष...