
काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानसँग पश्चिम एशियामा जारी द्वन्द्वबारे शनिबार टेलिफोन वार्ता गरेका छन् ।
प्रधानमन्त्री मोदीले उक्त वार्तामा क्षेत्रीय ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणहरूको भारतले निन्दा गरेको बताएका छन् ।
समुद्री मार्गको स्वतन्त्रता कायम राख्दै जलयात्रा सुरक्षित र खुला राख्नुपर्ने आवश्यकतामा दुवै पक्षले जोड दिए मोदीले सामाजिक सञ्जाल एक्समा बताएका छन् ।
मोदीले साउदी अरेबियामा बसोबास गरिरहेका भारतीय समुदायको हितका लागि निरन्तर सहयोग गरेकोमा युवराज मोहम्मद बिन सलमानलाई धन्यवाद पनि दिएका छन् ।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेदेखि पश्चिम एसियामा तनाव छ । पश्चिम एसियाका विभिन्न देशमा युद्ध फैलिँदा तेल र ग्यास आपूर्तिमा गम्भीर असर परेको छ ।
काठमाडौँ : काठमाडौंका सीडीओ छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ । उनी जेनजी आन्दोलन हुँदा काठमाडौँको...
काठमाडौं : नेपाली कांग्रेसभित्र आन्तरिक विवाद फेरि सतहमा आएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर...
काठमाडौं : अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।...