समयको पदचापभनेको उत्ताउलोपन होइन, संयमितरुपमा चल्नुपर्छ – Naya Bikalpa
March 31, 2026, Tuesday      Epaper

समयको पदचापभनेको उत्ताउलोपन होइन, संयमितरुपमा चल्नुपर्छ

 

१. बालेन्द्र शाहको सरकार गठनसँगै नयाँ विवादहरुको सुरुवात
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतातथा संसदीयदलका नेताबालेन्द्र शाहनेपालको संविधानको धारा ७६.१अनुसार प्रतिनिधि सभाको वहुमतप्राप्तदलकानेताको हैसियतमाचैत्र १३गते रामनवमीकादिन नेपालको ४३आँै प्रधानमन्त्रीकानियुक्तभई शपथ ग्रहणसमेत गरी कार्यभार सम्हाल्नथाल्नु भएको छ ।

अहिलेको सरकारले प्रचण्ड वहुमतका साथ सत्तारोहण हुनुमाजेनजीआन्दोलनमाभएको दमनको प्रतिक्रियास्वरुपजनताले नयाँशक्तिलाई छानेको भन्ने भाष्यनिर्माण भएको छ ।भदौ २३ र २४मा भएको जेनजीआन्दोलन र त्यसको परिणामस्वरुपमा भएको अप्रत्याशित सत्ता परिवर्तनसँगै फागुन २१गते प्रतिनिधि सभाको नयाँनिर्वाचनको घोषणा गरिएको थियो र सो निर्वाचनगर्दासम्मकालागिअन्तरिम सरकार गठन गरी त्यसको नेतृत्वपूर्व प्रधानन्यायाधीश सुशीलाकार्कीलाई दिइएको थियो । कार्की सरकारले आफ्नो जिम्माको काम सम्पन्न गरी नयाँ सरकारलाई सत्ता सुम्पेर आफ्नो कार्यभार सफलताका साथ पूरा गरेकोे छ र नयाँ सरकारको जिम्माबालेन्द्र शाहलाई सुम्पेको छ ।बालेन्द्र शाहले चैत्र १३गते नै प्रधानमन्त्रीसहित १५सदस्यीयमन्त्रिपरिषद् गठन गरी सोही दिनबाटै कार्यारम्भ समेत गरिसकेको छ ।

२०७२सालको नेपालको संविधान घोषणा भएदेखि वहुमतीय सरकार बन्न सकेको थिएन र आपसमा गठबन्धन तयार गरी संयुक्तरुपमादलहरु मिलेर सरकार बन्ने गरेको थियो । तर यसपटकको निर्वाचनले के देखाएको छ भने वहुमतीय सरकार बन्न सक्ने रहेछ र समावेशी सरकार पनिबन्न सक्ने रहेछ एकैचोटि भन्ने देखाएको छ । यो राजनीतिक परिवर्तनकालागि सकारात्मकपक्षहो किनभने नेपालको संविधानले भनेजस्तै गरी १५जनाको सरकारमा ५जनामहिलाहरुको संख्यामन्त्री परिषद्मा राखिएको छ ।

अर्थात् ३३प्रतिशत ।कार्की सरकारले नै पूर्व न्यायाधीशगौरीबहादृुर कार्कीको अध्यक्षतामाभदौ २३ र २४गतेका घटनाहरुको अनुसन्धान गरी प्रतिवेदन पेस गर्न जाँचबुझआयोग गठन गरेको थियो र त्यो आयोगले दिएको प्रतिवेदन सार्वजनिक अझै भएको छैन आधिकारिकरुपमायी हरफ लेख्दासम्म तर आधिकारिकरुपमा सकारले सार्वजनिक नै नगरेको प्रतिवेदनका केहीअंशहरुमा गरेको सिफािरसहरुको आधारमा जेनजीआन्दोलनमा सहभागीभएकाहरुमाथिताकीताकीगोलीहानेको कुरामातत्कालीनप्रधानमन्त्रीतथा नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओली र तत्कालीन गृहमन्त्रीतथा नेपालीकांग्रेसका नेता रमेश लेखकलाई ज्यानमारेको घटनाको फौजदारी मुद्दामा अनुसन्धान गर्नका लागि चैत्र १४गते विहानै पक्राउ गरिएको छ ।

त्यसमासिफारिस भएकाभनिएकाहरुमध्ये सुरक्षाअंगकाव्यक्तिहरुकाहकमाभने फेरि छानबिन गरी मात्रकार्बाही अघि बढाउने भनिएकोले सँगै कार्बाहीसिफारिसमा परेकातत्कालकाप्रहरी महानिरीक्षक ,गृह सचिव, प्रमुखजिल्लाअधिकारीहरुलाई भने यसमापक्राउ गरिएको छैन । अर्थात् रातारात पूर्व प्रधानमन्त्रीतथागृहमन्त्रीलाई भने प्रमाण नष्ट गर्नसक्ने जस्तो गरी पक्राउ गरिएको छ र अदालतसामु प्रस्तुत गरिएको छ ।अदालतले छोड्ला या नडोड्ला, त्यो अर्कैन्यायिक पाटो हो तर प्रतिवेदन सार्वजनिक नै नभई त्यसमालेखिएको भनिएका कुराहरुमध्ये कसैलाई तत्कालपक्राउ गर्ने अनिप्रतिवेदन अझै सार्वजनिकनगर्नुले यो कार्बाहीनितान्तप्रतिशोधात्मकभयो भन्ने राजनीतिक वृत्तमा परेको छ । यसको पक्षर विपक्षमा समाज बाँडिएको छ र नेकपाएमाले सडक, सदन र कानुनीप्रक्रियाको संघर्षमाहोमिएको छ ।

यो घटनामा तत्कालीनओलीसरकारसँगै नेपालीकांग्रेस संयुक्त सरकारको साथीभएकाले यसको पनिविचार आउनु पथ्र्यो, आयो ।यो पक्राउहतारमाभयो, प्रतिशोधपूर्ण भयो भन्ने एकथरी तर्क छभने आयोगको सिफारिस कार्यान्वयनको क्रमकायसो गरिएको भन्ने तर्क आएको छ । अब यो केस अदालतमा प्रस्तुतभइसकेको अवस्थामाबाहिर केहीभन्नु भन्दाधैर्य गरी अदालतको निर्णय पर्खनु नै श्रेयस्कर हुनेछ ।सँगै पूर्व प्रधानमन्त्री शेरबहादुर देउबादम्पतिमाथि र अर्का तत्कालीनमन्त्रीदीपक खड्कालाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउनथालिएको बुझिन्छ ।यहीक्रममा खड्कालाई प्रहरीले चैत्र १५गते पक्राउन गरिसकेको छ भने देउबाकोे जलेको घर मरम्मत गर्नसमेत रोकलगाइएको बताइन्छ ।

हालदेउबादम्पतिमुलुकबाहिर रहेका छन् । यसैबिच सरकारले गर्नैपर्ने भनेर १००वटा कामका सूची सार्वजनिक गरेको छ र यी सबै काम समयअन्तरालमा सम्पन्न गरिने बताइएको छ ।खासगरी कार्की आयोगको प्रतिवेदनकार्यान्वयनकालागिभने विवादयसकारणले देखिएको हो कि भदौ २३ र २४ गतेका घटना छानबिन गर्न गठित आयोगले २३गतेको मात्रविस्तृत प्रतिवेदनतयार गरी कार्बाहीकालागि समेत सिफारिस गरेको तर २४गतेका बारेमाभने सतही अनुसन्धान गरी बाँकी पछि गर्नू भनीअधुरो प्रतिवेदनआएको अनित्यहीअधुरो प्रतिवेदनमाथि टेकेर कार्बाहीसिफारिस गरिएकोमापक्राउ गरिनुलाई मानिएको हो । त्यसो त २४गतेका विध्वंशमा देखिएका, शंका गरिएकाव्यक्तिहरु नै अहिलेको सरकारमा रहेको भन्ने समेत दोषारोपण गरिएको बेलामा अब एकहप्ताभित्र २४गतेका बारेमा अनुसन्धान गर्न उच्चस्तरीय समितिबनाउने भनेर १०० वटा कार्यसूचीमापार्नुले झनशंका बढेको छ भन्ने राजनीतिक पर्यवेक्षकको धारणा पाइन्छ ।
२. ओली र लेखक पक्राउ पछि नेपालीकांग्रेसभित्रदुई धार
नेपाली राजनीतिकालौहपुरुष गणेशमानसिंह असफलप्रयाससम्बन्धमाभन्ने गर्नुहुन्थ्यो— सर्पले गाँजेको भ्यागुतो पनिमाखाखानजिभ्रो निकाल्छ ।अहिले नेपालीकांग्रेसजस्तो ऐतिहासिक पार्टी अत्यन्तै अप्ठेरो अवस्थामाछ ।आफ्नो प्रतिबन्धितकालमाभन्दापनिजनताको मायाबाट टाढिएको बेलाछ । ३वर्षअघिसम्म २७लाख नेपालीले माया गरेको पार्टी अहिले १७लाखजनताले मात्रमाया गरेर मत दिएको अवस्थाछ । २७५स्थानको प्रतिनिधि सभामाजम्मा ३८स्थानमात्रै नेकांको छ ।१६५मा १८स्थान र ११०मा २०स्थान । अर्थात् अवस्थानाजुकछ । स्वयं सभापतिगगनथापाआफूले रोजेको ठाउँमा उटदा पनि पराजितभएका छन् र महामन्त्रीहरु पनि पराजितभएका छन् ।निर्वाचनमा जय पराजय स्वाभाविक कुरा भएपनिजुनतरिकाले मत आएको देखिन्छ, त्यसले जनताले विश्वास नगरेको तर नयाँदलप्रतिअपेक्षाभाव राखेको देखिएको बेलामानेपालीकांग्रेस आपसमाविभाजनको संघारमाउभिएको पाइन्छ ।ओली र लेखक पक्राउको घटनामा पनिदुईवटा वक्तव्यआएका छन् पार्टी प्रवक्तादेवराजचालिसेको र काबा सभापतिको नाममा पूर्णबहादुर खड्काको ।एकातिर संगठन र त्यसकानेताहरुमाथिआरोपलगाइनथालेको बेलामार संगठनात्मक शक्ति क्षय भएको अवस्थामाआपसमाविवादगर्नेजुनअवस्थाआएको देखियो ,त्यसले विनाशकाले विपरीत बुद्धि भएको जस्तो देखिँदैछ ।यसै त विशेष महाधिवेशनले एकताभन्दा अनेकताथोपरेको देखिन्छ भने झनबलियो सरकारले संगठनको आधारमाथि नै प्रहार हुने गरी मानसिक आक्रमण गर्न थाल्दाहारको कारण एकले अर्कालाई थोपरेर नहुने र आपसमाएकता कसरी वृद्धि गर्न सकिन्छ भनेर घनीभूत छलफल नभएको देखिन्छ भन्ने राजनीतिकविश्लेषकहरुको धारणा छ ।

यदिदलकानेताहरु या कार्यकर्ताहरुमाथि संगठितरुपमामानसिकतथाभौतिक आक्रमण हुँदादलले गर्न मिल्ने र वैधानिक सहयोग गरेनभने कोहीपनि दास भएर दलको सदस्यभएर रहँदैन । कुनै पनि दल भनेको वैचारिक आवद्धताले सिञ्चितओत हुनुपर्छ ।यदित्यो समयमादिन सकिएनभने वहुलवादी राज्य प्रणालीमा को कता पुग्छ को कता पुग्छ थाहा नै हुँदैन जस्तो कि यसपटकको निर्वाचनमादेखिया, रास्वपाबाट कतिपयत्यस्ताकार्यकर्ताहरुले साँसदहुने मौका पाए जो मूलधारका दलमावास्ता गरिएकाथिएनन् । कोही कसैको दास पनिहोइन, कोही कसैको कौडे कमारो पनिहोइन ।

त्यसैले दलले आफ्ना वैचारिक कार्यकर्ताहरुको अभिभावकत्व लिनुपर्छ । पन्छेर बस्नपाइँदैन र कानुनअनुसार हुने कुरामापनिदलको सहयोग के हुनसक्छ गर्नुपर्छ । रमिते हुने छुट हुँदैन । नेपालीकांग्रेसका संस्थापकहरुले दिएको देन बिर्सेर अहिले दललाई दलदलमाधसाउनपाइँदैन । झनविभाजन त गर्न पाइँदैन ,त्यस्तो वातावरण बन्नपनिदिनु हुँदैनजुनकुरो अतीतले सिकाएको पनिछ ।

३. र अन्त्यमा सरकार संयमित हुनुपर्छ, मधुमाससम्मको मौका पाउँछ
नयाँ सरकारले परिवर्तनको मौका पाउँछ र आफ्ना नीतिलागू गर्न पाउँछ तर त्यसमाप्रतिशोधको गन्धआउनु हुँदैन । प्रजातन्त्रभनेको विधिको शासनहो ।विधिको विधिवतप्रयोगले मात्रकुनै पनि परिवर्तन गर्न पाइन्छ । परिवर्तनकालागिकानुनमा परिवर्तन जरुरी छ ।कानुनपनिजथाभावील्याउनपाइँदैन, जसलाई पनिजहाँपायो थुन्नपाइँदैन । सरकार बनेको १०० दिनउसले आफ्ना नीतितयार गर्ने र त्यसको परख गर्ने समयहो । परम्परालाई सम्हाल्दै प्रजातन्त्रको प्रबद्र्धन गर्नुपर्छ, उत्ताउलो तरिकाले कामगर्दा फेरि पनिभदौ २३ र २४भन्दा कडा समयपनिआउन सक्छ भन्ने बिर्सनु हुँदैन । समयको पदचापभनेको उत्ताउलोपन होइन, संयमितरुपमा चल्नुपर्छ ।जनताले दिएको जनादेश परिवर्तन भइरहन्छ भन्ने पनिबिर्सनु हुँदैन ।

सम्बन्धित समाचार

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
  • २०८२ चैत्र १६, १५: ०६

काठमाडौँ : काठमाडौंका सीडीओ छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ । उनी जेनजी आन्दोलन हुँदा काठमाडौँको...

कांग्रेसमा संस्थागत प्रक्रिया बाहिर पूर्णबहादुर खड्का समूह, अनुशासन उल्लंघन गरेको भन्दै आलोचना
कांग्रेसमा संस्थागत प्रक्रिया बाहिर पूर्णबहादुर खड्का समूह, अनुशासन उल्लंघन गरेको भन्दै आलोचना
  • २०८२ चैत्र १६, १५: ०६

काठमाडौं : नेपाली कांग्रेसभित्र आन्तरिक विवाद फेरि सतहमा आएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर...

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
  • २०८२ चैत्र १६, १५: ०६

काठमाडौं : अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।...