अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन : अर्थमन्त्री डा. वाग्ले – Naya Bikalpa
March 31, 2026, Tuesday      Epaper

अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई सहजीकरण गर्दै भ्रष्टाचारमुक्त व्यावसायिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अब निजी क्षेत्रले कामका लागि घुस खुवाउन, लाइनमा बस्न वा अनावश्यक रूपमा थुनिनुपर्ने अवस्था अन्त्य हुने बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा मन्त्री वाग्लेले लगानी र रोजगारी वृद्धि मार्फत देशको आर्थिक विकासलाई तीव्र बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गरे। “लगानी बढाऔं, रोजगारी सिर्जना गरौं र देश बनाऔं,” उनले भने ।

उनले आफू भ्रष्टाचार नियन्त्रणका लागि स्पष्ट अडानका साथ आएको उल्लेख गर्दै घुसखोरीलाई कडाइका साथ नियन्त्रण गरिने बताए। “म घुस खान आएको होइन, कसैलाई खान पनि दिने छैन । अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाउने लक्ष्यका साथ काम गरिरहेको छु,” उनले भने ।

मन्त्री वाग्लेले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको औंल्याउँदै निजी क्षेत्रलाई अब सहज वातावरण उपलब्ध गराइने बताए । उनका अनुसार आर्थिक अनियमितताका मामिलामा अब कैद सजायभन्दा आर्थिक जरिवानामा जोड दिइनेछ, जसले उद्योगी व्यवसायीलाई अनावश्यक झन्झटबाट बचाउनेछ ।

यद्यपि, उनले निजी क्षेत्रलाई पनि इमान्दार हुन आग्रह गर्दै योजनाबद्ध आर्थिक बेइमानी भए त्यसमा सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए । “राज्य सहयात्री बन्दा निजी क्षेत्र पनि जिम्मेवार बन्नुपर्छ । नियोजित बेइमानी गर्नेहरूमाथि हामी निर्मम हुन्छौं,” उनले स्पष्ट पारे ।

सम्बन्धित समाचार

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
  • २०८२ चैत्र १६, १५: २६

काठमाडौँ : काठमाडौंका सीडीओ छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ । उनी जेनजी आन्दोलन हुँदा काठमाडौँको...

कांग्रेसमा संस्थागत प्रक्रिया बाहिर पूर्णबहादुर खड्का समूह, अनुशासन उल्लंघन गरेको भन्दै आलोचना
कांग्रेसमा संस्थागत प्रक्रिया बाहिर पूर्णबहादुर खड्का समूह, अनुशासन उल्लंघन गरेको भन्दै आलोचना
  • २०८२ चैत्र १६, १५: २६

काठमाडौं : नेपाली कांग्रेसभित्र आन्तरिक विवाद फेरि सतहमा आएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर...

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
  • २०८२ चैत्र १६, १५: २६

काठमाडौं : अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।...