कांग्रेसमा खड्का समूहको बधाई तथा सम्मान कार्यक्रम दूईतिहाइ सांसदले गरे बहिष्कार – Naya Bikalpa
March 31, 2026, Tuesday      Epaper

कांग्रेसमा खड्का समूहको बधाई तथा सम्मान कार्यक्रम दूईतिहाइ सांसदले गरे बहिष्कार

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काले आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई बधाई तथा सम्मान कार्यक्रमलाई अधिकांश सांसदहरुले बहिष्कार गरेका छन् । कांग्रेसबाट प्रतिनिधिसभामा ३८ र राष्ट्रिय सभामा २४ गरेर ६२ जना सांसद रहेकोमा ४७ जनाले सो कार्यक्रम बहिष्कार गरेका हुन् ।

खड्का समूहले धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई बधाई तथा सम्मान कार्यक्रममा नेता डा. शेखर कोइराला पनि सहभागी थिए । तर सो कार्यक्रममा प्रत्यक्ष निर्वाचित सांसदहरु विष्णु खड्का र टेकबहादुर गुरुङ मात्र उपस्थित भए भने राष्ट्रिय सभाका ५ जना सांसद उपस्थित भए ।

१० जना प्रतिनिधिसभा सदस्य सहभागी भएको कार्यक्रममा ८ जना समानुपातिकतर्फका सांसद हुन् । समानुपातिकतर्फका रिना उप्रेती केसी, गंगालक्ष्मी अवाल, सीता थपलिया (उर्मिला), रुक्मिणी कोइराला, निनु कर्ण, हरिनादेवी कामी, सुशीला ढकाल र गीता सेन्दाङ सहभागी भए ।

यस्तै राष्ट्रिय सभाका सदस्यहरू रन्जित कर्ण, गीता देवकोटा, खम्मबहादुर खाती, चन्द्र केसी र जगत तिमिल्सिना सहभागी भए ।

सम्बन्धित समाचार

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
  • २०८२ चैत्र १६, १७: ५५

काठमाडौँ : काठमाडौंका सीडीओ छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ । उनी जेनजी आन्दोलन हुँदा काठमाडौँको...

कांग्रेसमा संस्थागत प्रक्रिया बाहिर पूर्णबहादुर खड्का समूह, अनुशासन उल्लंघन गरेको भन्दै आलोचना
कांग्रेसमा संस्थागत प्रक्रिया बाहिर पूर्णबहादुर खड्का समूह, अनुशासन उल्लंघन गरेको भन्दै आलोचना
  • २०८२ चैत्र १६, १७: ५५

काठमाडौं : नेपाली कांग्रेसभित्र आन्तरिक विवाद फेरि सतहमा आएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर...

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
  • २०८२ चैत्र १६, १७: ५५

काठमाडौं : अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।...