रवि लामिछानेले संसद्‌बाटै दलित समुदायप्रति मागे माफी – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

रवि लामिछानेले संसद्‌बाटै दलित समुदायप्रति मागे माफी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति सार्वजनिक रूपमा माफी मागेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय आधारमा सम्बोधन गर्दै उनले सदियौंदेखि हुँदै आएको विभेद, अन्याय र अत्याचारप्रति क्षमायाचना व्यक्त गरेका हुन् ।

सभापति लामिछानेले संसदको रोस्ट्रमबाट हात जोड्दै दलित समुदायसँग माफी मागेका थिए । उनले राज्यकै तर्फबाट पहिलोपटक सदनमार्फत सामूहिक र सार्वजनिक रूपमा माफी मागिएको उल्लेख गरे ।

सम्बोधनका क्रममा उनले दलित समुदायमाथि भएको ऐतिहासिक विभेदलाई केवल सामाजिक समस्या नभई ‘संगठित अपराध’को रूपमा व्याख्या गरे । “यो देशका दलित समुदायसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु। शताब्दीयौँदेखि भएको विभेद, अन्याय र अत्याचारप्रति आज यो सदनबाट सामूहिक माफी मागिएको छ,” उनले भने ।

लामिछानेले विगतका घटनाहरू सम्झँदै समाजमा व्याप्त असमानताको आलोचना गरे । “गल्ती भयो कि भएन भन्ने अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे, तर सदियौँदेखि दलित समुदायमाथि भएको अन्यायका लागि हामीले कहिल्यै माफी मागेनौँ,” उनले भने ।

उनले देश विकासमा अवरोधको रूपमा रहेको जातीय विभेदको अन्त्य आवश्यक रहेको पनि औंल्याए । “जसको हातमा सीप थियो, तिनैलाई हामीले अछूत बनायौं । अब कुनै पनि नेपाली जातका आधारमा झुक्नुपर्ने अवस्था रहने छैन,” उनले बताए ।

सम्बन्धित समाचार

नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
  • २०८२ चैत्र १९, १५: २३

वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य...

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
  • २०८२ चैत्र १९, १५: २३

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
  • २०८२ चैत्र १९, १५: २३

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...