केन्द्रीय प्रतिनिधिहरूलाई कांग्रेसको अभिमुखीकरण – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

केन्द्रीय प्रतिनिधिहरूलाई कांग्रेसको अभिमुखीकरण

काठमाडौं : नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरू गरेको छ।

कांग्रेसले महाधिवेशनको तयारीस्वरूप निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण प्रदान गर्न लागेको हो।

यस कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशनसम्बन्धी आवश्यक जानकारी, भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिइने बताइएको छ।

अभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेलसहितका नेता, कार्यकर्ता पार्टी कार्यालय सानेपामा उपस्थित छन्।

कांग्रेसले २०८३ साल असोज १६, १७, १८ र १९ गते काठमाडौंमा १५ औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

सो अनुसार २०८२ चैत २१ देखि मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने कार्यतालिका छ।

सम्बन्धित समाचार

नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
  • २०८२ चैत्र २१, १६: ४३

वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य...

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
  • २०८२ चैत्र २१, १६: ४३

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
  • २०८२ चैत्र २१, १६: ४३

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...