
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम (वरीयता) हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार क्याबिनेटको नयाँ वरीयता निर्धारण गरिएको हो ।
नयाँ मर्यादाक्रम अनुसार गृहमन्त्री सुधन गुरुङ यसअघि तेस्रो स्थानमा रहे पनि अहिले पाँचौं स्थानमा झरेका छन् ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत् छन् भने परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो स्थानमा उक्लिएका छन् । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ चौथो स्थानमा पुगेका छन् ।
त्यसैगरी, यसअघि १५औं वरीयतामा रहेकी सीता वादी आठौं स्थानमा उक्लिएकी छन् ।

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई नियमबमोजिम प्रदान गरिएका छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ...
काठमाडौं । पछिल्लो समय विकसित आन्तरिक मतभेदका कारण नेपालको सबैभन्दा पुरानो र लोकतन्त्रको पर्यायवाची मानिने दल नेपाली कांग्रेसमा यतिबेला इतिहासकै...