यी स्थानमा वर्षा र हिमपातको सम्भावना – Naya Bikalpa
April 11, 2026, Saturday      Epaper

यी स्थानमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भेगसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुनेछ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुरी चल्ने पूर्वानुमान छ ।

यसैगरी, आज राति देशका हिमाली भू–भागमा साधारणतया बदली हुने पहाडी इलाकामा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही र कोशी तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार
  • २०८२ चैत्र २८, ०७: ०८

काठमाडौँ : नेकपा संयुक्तले भदौ २३ र २४ गतेको घटनामा गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अस्वीकार गरेको छ । पूर्व न्यायाधीश...

जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी
जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी
  • २०८२ चैत्र २८, ०७: ०८

काठमाडौंः नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि छेडखानी गरे सदन...

गृहमन्त्रीद्वारा नागढुङ्गा–मुग्लिङ सडक अनुगमन : काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने चेतावनी
गृहमन्त्रीद्वारा नागढुङ्गा–मुग्लिङ सडक अनुगमन : काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने चेतावनी
  • २०८२ चैत्र २८, ०७: ०८

काठमाडौंः गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा...