
काठमाडौंः नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि छेडखानी गरे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेशद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा आयोजित क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले जनताका अधिकार खोसिए सह्य नहुने चेतावनी दिएका हुन् । संयोजक दाहालले वर्तमान सरकार (राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको) ले रचनात्मक काम गरे आफूहरूको सकारात्मक सहयोग रहने बताए। तर संविधानमाथि छेडखानी गर्ने, राष्ट्रिय हितमा आँच पुर्याउने वा जनताको हक अधिकार खोस्ने गतिविधि भएमा चुप लागेर नबस्ने स्पष्ट पारे ।
विशेष गरी विद्यार्थी र कर्मचारी ट्रेड युनियनको अधिकारमाथि सरकारले प्रश्न उठाउन खोजेको भन्दै उनले शतर्क रहन आग्रह गरे । संविधान संशोधनको चर्चाबारे बोल्दै पूर्वप्रधानमन्त्री दाहालले आफूहरु संविधान संशोधनको विरोधी नभएको तर संशोधन महिला, दलित र उत्पीडित वर्गको अधिकार थप्न र संघीयतालाई बलियो बनाउनका लागि हुनुपर्ने बताए ।
हालै सम्पन्न निर्वाचनलाई ‘असामान्य र असाधारण’ संज्ञा दिँदै उहाँले निर्वाचन परिणामबारे पार्टीले गम्भीर समीक्षा गरिरहेको बताए । पार्टी एकीकरणको प्रक्रियालाई केही दिनभित्रै तल्लो तहसम्म टुङ्ग्याउने जानकारी दिँदै दाहालले ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने प्रतिवद्धता दोहोर्याए । जनवर्गीय सङ्गठन र विभागहरूको एकीकरणपछि देशभर एउटै बुझाइका साथ वैचारिक र राजनीतिक प्रशिक्षण चलाइने उनको भनाइ छ ।
काठमाडौँ : नेकपा संयुक्तले भदौ २३ र २४ गतेको घटनामा गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अस्वीकार गरेको छ । पूर्व न्यायाधीश...
काठमाडौंः गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर...