गृहमन्त्रीद्वारा नागढुङ्गा–मुग्लिङ सडक अनुगमन : काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने चेतावनी – Naya Bikalpa
April 11, 2026, Saturday      Epaper

गृहमन्त्रीद्वारा नागढुङ्गा–मुग्लिङ सडक अनुगमन : काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने चेतावनी

काठमाडौंः गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

गृहमन्त्री गुरुङले आयोजनाको नौबिसे–मलेखु र मलेखु–मुग्लिङ खण्डको वस्तुस्थितिबारे विस्तृत जानकारी लिएका थिए । सो अवसरमा उनले निर्माण व्यवसायीहरूलाई निर्धारित समयमै र उच्च गुणस्तरका साथ काम सम्पन्न गर्न निर्देशन दिए  । आयोजनाले गृहमन्त्रीसमक्ष पेस गरेको प्रतिवेदनमा निर्माण सामग्रीको अभावलाई मुख्य समस्याका रूपमा औंल्याइएको छ । विशेषगरी नदीजन्य र खानीजन्य सामग्री उत्खननमा देखिएका कानुनी र प्रशासनिक जटिलताका कारण काममा ढिलाइ भएको उल्लेख छ ।

नदीजन्य सामग्री (ढुङ्गा, गिट्टी, बालुवा) उत्खननमा स्थानीय तहको अवरोध रहेको छ । विगतमा क्रसर उद्योगहरू बन्द हुँदा निर्माण सामग्रीको आपूर्तिमा परेको गम्भीर असर, विभिन्न स्थानीय तहहरूले लिने दोहोरो कर प्रणाली र राजश्व दरमा एकरूपताको अभाव, एक पालिकाबाट अर्को पालिकामा सामग्री ढुवानी गर्दा हुने प्रशासनिक झन्झट, खानी उत्खननका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन र स्वीकृतिको ढिलाइ, आयोजनाले नयाँ सरकारसँग विभिन्न स्थानहरू जस्तै बेल्खु बगर, घाटबेसी बगर र मलेखु–लाम बगरबाट आवश्यक परिमाणमा निर्माण सामग्री उपलब्ध गराइदिन र ढुवानीमा सहजीकरण गरिदिन माग गरेको छ ।

सम्बन्धित समाचार

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार
  • २०८२ चैत्र २८, १९: ३७

काठमाडौँ : नेकपा संयुक्तले भदौ २३ र २४ गतेको घटनामा गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अस्वीकार गरेको छ । पूर्व न्यायाधीश...

जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी
जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी
  • २०८२ चैत्र २८, १९: ३७

काठमाडौंः नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि छेडखानी गरे सदन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ चैत्र २८, १९: ३७

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर...