गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार – Naya Bikalpa
April 11, 2026, Saturday      Epaper

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार

काठमाडौँ : नेकपा संयुक्तले भदौ २३ र २४ गतेको घटनामा गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अस्वीकार गरेको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भएको भन्दै अस्वीकार गरेको हो ।

शनिबार बसेको नेकपा संयुक्तको महाधिवेशन आयोजक समिति बैठकले आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही भएकोले बहालवाला न्यायाधीशको अध्यक्षतामा शक्तिशाली छानबिन आयोग गठन गरी संम्लनलाई कारबाही गर्न माग गरेको छ ।

बैठकले ०४८ देखिएका उच्चपदस्थ कर्मचारी, राजनीतिक व्याक्तिहरु, न्यायपालिकाका पदाधिकारी एवं सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी कारबाही गर्न माग गरेको छ ।

लोकतान्त्रिक प्रक्रिया र सङ्घ संस्थालाई नियन्त्रण तथा सङ्कुचन गर्ने प्रक्रिया तत्काल बन्द गर्न, सबै खाले असमान सम्धी सम्झौता खारेजलगायत ११ बुँदे प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित समाचार

जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी
जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी
  • २०८२ चैत्र २८, १९: ४२

काठमाडौंः नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि छेडखानी गरे सदन...

गृहमन्त्रीद्वारा नागढुङ्गा–मुग्लिङ सडक अनुगमन : काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने चेतावनी
गृहमन्त्रीद्वारा नागढुङ्गा–मुग्लिङ सडक अनुगमन : काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने चेतावनी
  • २०८२ चैत्र २८, १९: ४२

काठमाडौंः गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ चैत्र २८, १९: ४२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर...