गृहमन्त्री गुरुङको सम्पत्ति : ८९ तोला सुन, करोडौंको सेयर – Naya Bikalpa
April 12, 2026, Sunday      Epaper

गृहमन्त्री गुरुङको सम्पत्ति : ८९ तोला सुन, करोडौंको सेयर

काठमाडौं : गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार गुरुङसँग उल्लेख्य मात्रामा सुन, जग्गा, सेयर लगानी तथा बैंक मौज्दात रहेको देखिएको छ ।

सार्वजनिक विवरण अनुसार गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको छ, जसलाई पैतृक सम्पत्ति भनी उल्लेख गरिएको छ । साथै उनीसँग ६ किलो चाँदी पनि रहेको जनाइएको छ ।

जग्गा सम्पत्तितर्फ गुरुङको व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ । त्यस्तै, उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा रहेको उल्लेख छ । अझै ठुलो परिमाणमा उनका बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्री क्षेत्रमा २२१ रोपनी जग्गा रहेको विवरणमा जनाइएको छ ।

सेयर लगानीतर्फ पनि गुरुङको उल्लेख्य उपस्थिति देखिन्छ । उनले होप होल्डिङ प्रालिमा ३० हजार कित्ता र लगुम प्रिमियर अपार्टमेन्टमा ५७ हजार कित्ता सेयर राखेका छन् । साथै धितोपत्र बजारमा सूचीकृत विभिन्न कम्पनीहरूमा गरी २ करोड ७४ लाख ५६ हजार रुपैयाँ बराबरको लगानी रहेको उल्लेख गरिएको छ । एडभेन्चेर भिल्ला प्रालिमा पनि उनको ७० हजार कित्ता सेयर (करिब ७० लाख रुपैयाँ) रहेको छ ।

सवारी साधनतर्फ गुरुङसँग एक थान कार रहेको छ, जसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ उल्लेख गरिएको छ ।

बैंक मौज्दाततर्फ, लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार रुपैयाँ, नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ तथा सानिमा बैंकमा १५ सय रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?
  • २०८२ चैत्र २९, २०: १८

काठमाडौं : प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित...

प्रधानमन्त्री बालेनसँग बैंक ब्यालेन्स १ करोड ४६ लाख
प्रधानमन्त्री बालेनसँग बैंक ब्यालेन्स १ करोड ४६ लाख
  • २०८२ चैत्र २९, २०: १८

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का...

प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण सार्वजनिक,  श्रीमतीका नाममा १९० तोला गरगहना
प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण सार्वजनिक, श्रीमतीका नाममा १९० तोला गरगहना
  • २०८२ चैत्र २९, २०: १८

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको...