प्रदेशसभा संचालनमा व्यवस्थित गरिनुपर्छ – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

प्रदेशसभा संचालनमा व्यवस्थित गरिनुपर्छ

नेपालको संविधान २०७२ अनुसार सबै तहको निर्वाचन यही हप्ता पुरा हुँदैछ । स्थानीय तहदेखी राष्ट्रियसभा निर्वाचन समेत यही २४ गते सम्पन्न हुँदैछ । स्थानीय तह र प्रदेश सभा तथा प्रतिनिधि सभाको बहुमत वाम मोर्चासँग रहेकोले राष्ट्रियसभामा पनि वाम मोर्चाको बहुमत आउने पक्कापक्की छ । सबै अर्थात सातै प्रदेशसभाहरुमा बैठकको आरम्भ भईरहेको छ ।

गत साता विहीबार सम्पन्न ३ नं. प्रदेश सभको पहिलो बैठक संचालनमा केही भद्रगोल देखियो । सत्तापक्ष र प्रतिपक्षको भूमिका सहज बनाउन राजनैतिक दलहरुले नै व्यवस्थित गर्नसक्नु पर्दछ । अहिले वामगठबन्धनको एकता र सरकार बनाउने कुराले परिपक्व निर्णय नआउँदासम्म सबै प्रदेशहरु अलमल्ल पर्ने देखिन्छ । त्यसकारण राजनैतिक दलहरुले आफ्ना समस्या जतिसक्दो चाँडो मिलाउन जरुरी छ ।

प्रदेश प्रमुखहरुले बैठक बोलाई सकेको अवस्थामा सभामा छलफल गरीने विषयहरु राजनैतिक दलहरुले नै प्रस्ताव गर्दा सभा हल काम बिहिन हुनुहुँदैन । सबै राजनैतिक दल अर्थात सत्ता पक्ष र प्रतिपक्षको समझदारीपूर्ण व्यवयहार भयो भने मात्र संघीय प्रदेशको संरचनाको बलियो विकास हुन सक्छ । सत्ता पक्षले बहुमतको आधार देखाएर सबै कुरामा एकलौटी निर्णय गर्दै जाने हो भने विवाद सिर्जना भई समस्या उत्पन्न हुन सक्दछ । त्यसैले संघीय सरकारले बुद्धीमतापूर्ण कार्य गर्न जरुरी छ भने राजनैतिक दलहरुले पनि विरोधको लागि विरोध नगरी प्रदेशको विकासमा मात्र ध्यान दिनु राम्रो हुनेछ ।

प्रदेशसभामा पनि विभिन्न समिति तथा प्रतिपक्षी दलको नेता उपनेता सचेतक लगायत राजनैतिक दलहरुका जनप्रतिनिधिको उल्लेखनीय भूमिका हुने हुँदा जनताले उत्साहपूर्ण रुपमा प्रदेशसभा संचालन भएको हेरीरहेको हुन्छन् । लोकतन्त्रमा सर्बेसर्वा जनतानै हुनेहुँदा यस पटक निर्वाचन जितेर जाने जनप्रतिनिधिहरुको कार्य नजिकबाट नियालेर हेरिएको छ । त्यसैले अब सही गलत जनताले तत्काल छुटाउन सक्ने भएका छन् र त्यसैले जनप्रतिनिधिहरुले निष्पक्ष भएर प्रदेशसभा संचालन गर्न सक्नु पर्दछ ।

संरचना विनानै प्रदेशसभाको बैठक संचालन गर्नु परेको अवस्थामा केही समस्या त पक्कानै आउने छन् । तर सरकारले रातारात गरेर कर्मचारी व्यवस्थापन देखी सभा हल बस्ने संसद भवन समेतको व्यवस्थापन गरिसकेको अवस्थामा प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्नु राजनैतिक दलको कर्तव्य हो । सात प्रदेशमा एकैचोटी संसद भवनको व्यवस्था, कर्मचारी व्यवस्थापन लगायत सबै कुराको व्यवस्थापन भईरहेको अवस्थामा राजनैतिक दलहरुले सहमति र सहकार्य बाटनै मुलुकको बृहत्तर विकास गर्नुपर्दछ । सानातिना झिनामसिना कुराले प्रदेशसभा बैठकलाई अवरुद्ध गर्नु हुँदैन । अहिले २ नं. प्रदेशमा निस्केको विवाद पनि राम्रो होइन ।

वर्तमान संविधानले भूगोलको आधारमा बोलिने आफ्नो आफ्नो भाषा र भेषभूषालाई राष्ट्रिय भाषा र भेषभूषा भने पनि संसदको गरीमालाई उच्च राख्न एउटै सालको लुगा सबैलाई मिल्ने खालको र सौन्दर्यता देखिने लुगा तथा भाषा प्रयोग गर्नुनै उपयुक्त ठहर्छ । प्रदेशसभाको बैठकमा सबै तह र तप्काका राजनैतिक दलको सहमति र सहकार्यबाट अगाढी बढ्दा मुलुकको बृहत्तर विकास हुनेछ । तर अहिले २ नं. प्रदेशमा देखिएको संसदको पछिल्लो कार्यले समग्र प्रदेशसभाप्रति जनताको आपत्ति हुन सक्छ । ऐतिहासिक रुपमा रहेको शोभनिय खालको लुगालाई मधेशवादी दलहरुले बन्देज गरेका कारण प्रदेशसभाको मर्यादा पालनदेखि कर्मचारीको पहिरनले समेत संसदलाई कुरुप बनाउने प्रयास गर्नुहुन्न ।

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७४ माघ २२, ०९: १८

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७४ माघ २२, ०९: १८

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७४ माघ २२, ०९: १८

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...