
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १२औँ महाधिवेशनबाट प्रत्येक वर्ष मनाउने निर्णय भएको राष्ट्रिय समता दिवसको शुभकामना व्यक्त गरेका छन् ।
उनले आइतबार विज्ञप्ति जारी गर्दै ७४ वर्ष अगाडि २००९ साल जेठ १०–१२ गते जनकपुरमा सम्पन्न नेपाली कांग्रेसको पाँचौँ महाधिवेशनबाट दलित समुदायले भोग्नु परेको जातीय छुवाछुत र विभेदलाई नेपाली कांग्रेसले दण्डनीय र सामाजिक अपराध घोषणा गर्दै विभेद गर्नेहरुलाई पार्टीको सदस्यता नदिने निर्णय लिएको ऐतिहासिक अग्रसरतालाई स्मरण गरेका छन् ।
नेपाली कांग्रेसको २०६७ मा सम्पन्न १२औँ महाधिवेशनबाट प्रत्येक वर्ष जेठ १० गते ‘राष्ट्रिय समता दिवस’को रूपमा मनाउने निर्णय गरेको थियो ।
उनले विज्ञप्तिमा भनेका छन्, “२०६३ जेठ २१ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले प्रस्ताव पेस गरी पुनर्स्थापित प्रतिनिधिसभाबाट जातीय भेदभाव र छुवाछुत मुक्त राष्ट्र घोषणा, त्यसकै जगमा नेपालको अन्तरिम संविधानमा दलित समुदायको अधिकारका सबालमा गरिएको व्यवस्था र प्रतिनिधिसभाबाट जातीय भेदभाव र छुवाछुत (कसुर र सजाय) ऐन २०६८ पारित र संविधानसभाबाट बनेको संविधानमा दलित समुदायको अधिकार लिपिवद्ध भएका छन् । जुन ऐतिहासिक उपलब्धि हुन् ।”
काठमाडौं : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले आज मेयर सिंहविरुद्ध पक्राउ...
काठमाडौं : सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्याएको छ । अर्थमन्त्री...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक सुधार ल्याउने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...