सानुबाबु सिलवाल
ड्राइभिङ्ग गर्दा आफ्नो सावधानी र होशियारिले मात्रै पुग्दैन र सुरक्षित होइदैन, अर्को ड्राइभर वा पैदल यात्रिका गल्तिका कारणले पनि दुर्घटना मात्रै होइन ज्यान समेत जान सक्छ भन्दा नाक दुखे पछि मात्र नाकको, कान दुखे पछि मात्र कानको, आखा दुख्न थालेपछि मात्र आखा र पेट दुख्न थाले पछि मात्र पिडा र दर्दको महसुस र महत्व बुझ्ने पोस्ट बुझक्कडवालाहरुले एक कानले सुनेर अर्को कानले उडाउने गर्दछन । तर, यथार्थता चाहि ड्राइभिङ्ग गर्दा ज्यान बचाउने र बचाइदिने काम चाहि आफैबाट र हरदम सम्बेदनशिल छ र अधिकाश हाम्रै आनिबानि ब्यहोरा, चालचलन, प्रब्रितिहरु जिम्मेवार छन् ।
अमेरिकाका सडक जति खुल्ला, चौडा, सफा, फराकिला र निर्देशित छन् । त्यत्तिकै जोखिम छ ज्यान बचाउन र दुर्घटनाबाट बच्न । कानुन यतिसारो कडा छ कि ट्राफिक नियम पालना नगर्दा जति कारबाहीको जति जोखिम मोल्नु पर्छ त्यत्तिनै गाडी हाँक्दा पनि ।
हातमा ड्राइभर लाइसेन्स , गाडि र गाडीको बिमा, गाडीको ट्याग, कर तिरेको प्रमाण र नबिकरण सहितको बार्षिक स्टिकर टासिएको र गाडीको बार्षिक इन्सेपेक्सन गरेको प्रमाण काफि छ, गाडी कुदाउन कानुनी रुपमा अमेरिकी सडकहरुमा । यि कानुनी प्रक्रिया, चालक अनुभव र गाडी मात्रै भएर पुग्दैन गाडी चलाउदा आवश्यक पर्ने होशियारी, जोखिमताको ख्याल, सावधानी नभए एकै छिनमा प्राण उड्न सक्छ ब्युतिनै नसकिने गरि ।
अमेरिकामा थुर्पै नेपालिहरुले ज्यान गुमाइसके छन् अधिकाशले आफ्नै असाबधानि, लापरवाहीका कारण छन् भने केहि अर्को चालकका गल्तिका कारणले बेफ्वाकमा ज्यान खेर जानेहरुको पनि संख्या कम छैन भन्दा भयो । खराब मौसममा क्रान्तिकारिता देखाई द्रुत गतिमा गाडी हाँक्ने, इमोशनल भएर गाडी स्पिड लिमिट भन्दा माथि गै ठोक्किएर ज्यान खेर फाल्ने थुप्रै छन् अमेरिकामा नेपालीहरु । यो भन्दा पनि मादक पदार्थ सेवा गरेर गाडी चलाएर ज्यान फाल्ने, अङ्गभङ्ग हुने नेपालीहरु पनि प्रशस्तै पुगे भन्दा धेरैले जिब्रो काड्लान तर यथार्थता यही हो । पढ्ने विद्यार्थी पार्टी, फन, भोज र आगूऔषधका लतमा फसी गाडी चलाएर दुर्घटनाबाट ज्यान फाल्नेहरु पनि थुप्रै भैसके ।
पिल्स, लागूऔषध, रक्सि, पेनकिलर वा मन्द दिमाग र शिथिल शरिर बनाउने औषधिहरुको सेवन र मापासेहरु बढी विद्यार्थी, युवा र केहि त समाजकै अभियन्ताहरु पनि अमेरिकन प्रहरीको फन्दामा जाकिसकेका छन् र थुपै्र डलर मात्रै क्षति भएन अदालत, निगरानि, प्रोबेसन र गाडी हाक्न गरिने निषेधले पिडा जन्माइदिन सक्छ नराम्ररी ।
अर्को ठूलो समस्या त टेक्स गर्ने फेसबुक चलाउने, इमेल गर्ने, सामाजिक सन्जाल खेलाउने, फोनको बार्तालाप र फोनको दुरुपयोग हँुदा थुप्रै नेपालीहरुले ज्यान खेर फालिसके अमेरिकामा र अङ्गभङ्ग घाइतेको त मैले हिसाबै गरेको छैन । मालबाहक ट्रकको लेनमा बस्ने, उछिन्न खोज्ने, धौर्यता नलिने, ट्रक ड्राइभरसङ्ग गति बढ औने, यताउता गरि लापर्बा्दि गर्ने, सेतो र पहेलो रेखा नाघ्म्ने, रेकस्लेस ड्राइभिङ्ग गर्ने, फ्रि वेमा मर्ग गर्दा ध्यान नदिने, नपर्खिने, राइट यिल्ड गर्दा ध्यान नपुर्याउने, अमेरिकि ट्राफिक नियम र कानुनको अध्ययन र ख्याल नगर्ने, आमेरिकि प्रहरि, हाइवे ट्राफिक, स्थानिय सेरिफ र सिटी प्रहरि एबम अन्ड्ररकभर प्रहरिको ख्याल नगरि गाडी दैडाउने, स्पिड लिमिटको ख्याल नगर्ने, आफुलाइ मैमत्ता ठान्ने, थकित हुदा समेत गाडी चलाउने, निन्द्राले च्याप्दा पनि नजिकैको पेट्रोल स्टेशन वा सेफ जोनमा गै तरल पदार्थ लिने र निन्द्रा मार्ने नगर्दा थुप्रै नेपालिहरुले दुर्घटनाबाट ज्यान खेर फालिसकेका छन् ।
टायर अबलोकन नगर्ने, तेल चेन्ज समयमा नगर्ने, गाडीको फ्लुड , ब्रेक एबम अन्य मर्मत सम्भारलाइ बेवास्ता गर्दा पनि जोखिम मोलिरहेका छन् नेपालीहरुले अमेरिकामा । समस्या परिहाले रोड एसिस्टेन्टको बिमा सुबिधा नलिने, सामान्य भन्दा सामान्य जानकारिको अभाबमा थुप्रै नेपालिहरु समस्याको चपेटामा परिरहेका छन अमेरिकि लामा एबम छोटा दुरिका सडकहरुमा । आफु के गर्दैछु, मैले गाडी चलाउँदा के के कुराहरुमा ध्यान दिनु पर्छ र मैले कानुन मान्ने मात्रै होइन मेरो आफ्नै हिफाजत आफैले गर्नु पर्दछ भन्ने हेक्का नहुनेले अमेरिकि सडकमा गाडी नचलाए भयो । तनाब बोकेर, मदहोस भएर, कानुन नटेरेर, गाडीको मर्मत सम्भार नगरि, शिथिल र लखररान भै ट्राफिक नियम पालना नगरे तपाइ त खेर जानु नै हुन्छ तर आफु पछिका जिम्मेवारि बोधको नजरान्दाज नगर्नु होला गाडी चलाउदा ।
ट्राफिक नियमको भ्वाइलेशन गर्दा डलरको फाइन, कारबाही खराब ड्राइभर रेकर्ड, अदालत धाउनु पर्ने, वकिल हायर गर्नु पर्ने, लाइसेन्स रिभोक हुनसक्ने र अन्ततोगत्वा ड्राइभिङ्ग प्रिभिलेजबाट हात धुनु मात्रै नभएर पिस हराउने, स्ट्रेस हुने र जेल एबम कम्युनिटि सभिर्स गर्नु पर्ने जस्ता अमेरिकि कडा कानुनको हरदम हेक्का राख्नुहोला । जसका कारण परिवार र आफ्नो रोजिरोटी र हैसियतमा ठुलो धक्का लाग्न सक्छ अलिकति नजान्दा, अलिकति बिराउँदा, अलिकति साबधानि न अपनाउदा र गैर जिम्मेवार हुदा । यि सबै तपाइकै हातमा छ आफुलाइ यि सकटबाट बचाउने मात्र होइन ज्यानै जान सक्ने जोखिमताबाट बचाउन । एकबारको सुन्दर जिन्दगि होश गर्नुहोला । यस जनचेतनालाइ सक्दो शेयर गरि आफु पनि बचौ र अरुलाइ पनि बचाऔ हुनसक्ने सवारी दुर्घटनाबाट ।
१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...
१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...
१. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...