संशोधन विधेयकमाथि सहमति खोज्न राष्ट्रिय सभा बैठक स्थगित – Naya Bikalpa
May 31, 2026, Sunday      Epaper

संशोधन विधेयकमाथि सहमति खोज्न राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौँ : राष्ट्रिय सभाको आइतबारका लागि बोलाइएको बैठक निर्धारित विधेयकमाथिको छलफलमा प्रवेश नगरी स्थगित गरिएको छ।

कार्यसूची अनुसार अघि बढ्नुअघि विभिन्न संशोधन प्रस्तावबारे दलहरूबीच थप परामर्श आवश्यक देखिएपछि बैठक केही समयका लागि रोकिएको हो ।

सवा ११ बजेका लागि तय गरिएको बैठक करिब एक घण्टापछि सुरु भएको थियो । बैठक प्रारम्भ भएपछि शून्य समयमा केही सदस्यहरूले समसामयिक विषयमा धारणा राखेका थिए ।

त्यसलगत्तै सभाध्यक्ष नारायण दाहाल ले विशेष समयको कार्यक्रम नराखिएको जानकारी गराउँदै बैठक छोटो अवधिका लागि स्थगित गरेका थिए ।

बैठकको कार्यसूचीमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल प्रारम्भ गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको थियो। उक्त विधेयकलाई सोही बैठकबाट पारित गर्ने कार्यसूची पनि समावेश थियो ।

यस्तै, प्रतिनिधि सभाबाट आएको ‘मतदाता नामावली ९पहिलो संशोधन० विधेयक, २०८३’ लाई समेत पारित गर्ने कार्यक्रम रहेको थियो । तर, निर्धारित कार्यसूचीमा प्रवेश हुनुअघि नै बैठक स्थगित गरिएको हो ।

संसदीय स्रोतका अनुसार दुवै विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावका विषयमा सरकार र विभिन्न दलबीच छलफल जारी छ । सहमतिका आधारमा अघि बढ्ने प्रयास स्वरूप बैठक रोकिएको बताइएको छ ।

यसक्रममा सोविता गौतम ले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग परामर्श गरिरहेकी छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी संशोधन विधेयक तथा मतदाता नामावलीसम्बन्धी संशोधन विधेयकमा समान रूपमा तीन-तीन वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । ती प्रस्तावका विषयमा सहमति जुटाउने प्रयास जारी रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रहितविपरीत र आत्मघाती : कांग्रेस
प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रहितविपरीत र आत्मघाती : कांग्रेस
  • २०८३ जेष्ठ १७, १३: २०

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल स्पष्टीकरण दिन माग...

प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रले दियो स्पष्टीकरण
प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रले दियो स्पष्टीकरण
  • २०८३ जेष्ठ १७, १३: २०

काठमाडौं : प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न चर्चाबारे परराष्ट्र मन्त्रालयले...

कांग्रेसको संविधान संशोधन समितिको सहसंयोजकमा खड्का, निर्वाचन ब्युरोको सहसंयोजकमा परियार
कांग्रेसको संविधान संशोधन समितिको सहसंयोजकमा खड्का, निर्वाचन ब्युरोको सहसंयोजकमा परियार
  • २०८३ जेष्ठ १७, १३: २०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका दुई वटा महत्वपूर्ण समिति र ब्युरोमा सह–संयोजक मनोनयन गरेका छन् । पार्टी...