प्रतिनिधिसभा निर्वाचनसम्बन्धी संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित – Naya Bikalpa
May 31, 2026, Sunday      Epaper

प्रतिनिधिसभा निर्वाचनसम्बन्धी संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । प्रतिनिधि सभाबाट सन्देशसहित आएको उक्त विधेयक आइतबार बसेको राष्ट्रिय सभाको बैठकले कुनै मतभेद बिना स्वीकृत गरेको हो ।

बैठकमा सांसदहरूले निर्वाचन प्रक्रियामा समावेशिता र प्रतिनिधित्वलाई अझ स्पष्ट र प्रभावकारी बनाउनुपर्ने भन्दै केही संशोधन प्रस्ताव राखेका थिए। तर दर्ता भएका तीनवटै संशोधन प्रस्ताव पछि सम्बन्धित सांसदहरूले नै फिर्ता लिएका थिए ।

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले समावेशी प्रतिनिधित्वसँग सम्बन्धित विषयहरूलाई आगामी निर्वाचनसम्बन्धी कानुन परिमार्जनको क्रममा सम्बोधन गर्ने सरकारको तयारी रहेको जानकारी दिइन् ।

उनले मधेशी, दलित, पछाडि पारिएका समुदाय तथा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने विषय सकारात्मक भएको उल्लेख गर्दै ती पक्षहरू विधेयकको मूल उद्देश्यमै समेटिएको स्पष्ट गरिन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रहितविपरीत र आत्मघाती : कांग्रेस
प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रहितविपरीत र आत्मघाती : कांग्रेस
  • २०८३ जेष्ठ १७, १९: ११

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल स्पष्टीकरण दिन माग...

प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रले दियो स्पष्टीकरण
प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रले दियो स्पष्टीकरण
  • २०८३ जेष्ठ १७, १९: ११

काठमाडौं : प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न चर्चाबारे परराष्ट्र मन्त्रालयले...

कांग्रेसको संविधान संशोधन समितिको सहसंयोजकमा खड्का, निर्वाचन ब्युरोको सहसंयोजकमा परियार
कांग्रेसको संविधान संशोधन समितिको सहसंयोजकमा खड्का, निर्वाचन ब्युरोको सहसंयोजकमा परियार
  • २०८३ जेष्ठ १७, १९: ११

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका दुई वटा महत्वपूर्ण समिति र ब्युरोमा सह–संयोजक मनोनयन गरेका छन् । पार्टी...