प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा नियमावली उल्लंघन नभएको सभामुखको स्पष्टीकरण – Naya Bikalpa
May 31, 2026, Sunday      Epaper

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा नियमावली उल्लंघन नभएको सभामुखको स्पष्टीकरण

काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा नियमावली उल्लंघन नभएको स्पष्ट पारेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले नियमावली मिचिएको भन्दै आपत्ति जनाएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

बैठकको सुरुमा विशेष समय लिँदै सांसद युवराज दुलालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ (१) बमोजिम प्रधानमन्त्रीलाई प्रश्न सोध्नुभन्दा तीन दिन अगाडि नै लिखित जानकारी दिनुपर्ने र प्रश्नोत्तरका लागि एक घण्टा समय छुट्याइनुपर्ने प्रावधान मिचिएको भन्दै नियमापत्ति जनाएका थिए । उनले संविधान र नियमावली मिचिनु राष्ट्रका लागि दुःखद् भएको टिप्पणी गरे ।

त्यसैगरी, सांसद ऐन महरले पनि नियमावलीको नियम ५६ को उपनियम ३ र ४ को हवाला दिँदै प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि तोकिएको प्रक्रिया पालना नगरिएको भन्दै नियमापत्ति दर्ता गराएका थिए । उनले संविधान र नियमावलीभन्दा माथि कोही पनि नभएको उल्लेख गर्दै लिखित प्रश्नहरू लिने र सोहीअनुसार जवाफ दिने परम्परा कायम राख्न सभामुखको ध्यानाकर्षण गराए ।

जवाफमा सभामुख अर्यालले सांसदहरूलाई नियमावलीको नियम ५६ पुनः अध्ययन गर्न आग्रह गरे । विपक्षी बेन्चका सदस्यहरूले निरन्तर उठाएको मागबमोजिम नै प्रधानमन्त्री सदनमा उपस्थित भई उत्तर दिन तयार रहेको उनको भनाइ थियो ।

सभामुखले सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न आग्रह गर्दै बैठकको प्रक्रिया अगाडि बढाएका थिए । विपक्षी दलका सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री तयार रहेको भन्दै उनले सदनको कारबाहीलाई निरन्तरता दिएका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रहितविपरीत र आत्मघाती : कांग्रेस
प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रहितविपरीत र आत्मघाती : कांग्रेस
  • २०८३ जेष्ठ १७, १३: ४६

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल स्पष्टीकरण दिन माग...

प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रले दियो स्पष्टीकरण
प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रले दियो स्पष्टीकरण
  • २०८३ जेष्ठ १७, १३: ४६

काठमाडौं : प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न चर्चाबारे परराष्ट्र मन्त्रालयले...

कांग्रेसको संविधान संशोधन समितिको सहसंयोजकमा खड्का, निर्वाचन ब्युरोको सहसंयोजकमा परियार
कांग्रेसको संविधान संशोधन समितिको सहसंयोजकमा खड्का, निर्वाचन ब्युरोको सहसंयोजकमा परियार
  • २०८३ जेष्ठ १७, १३: ४६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका दुई वटा महत्वपूर्ण समिति र ब्युरोमा सह–संयोजक मनोनयन गरेका छन् । पार्टी...