
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको तयारीलाई तीव्र गति दिएको छ ।
रास्वपाले पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्पन्न गर्नका लागि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको हो । महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि पार्टी सभापति लामिछानेको अध्यक्षतामा ‘महाधिवेशन मूल आयोजक समिति’ गठन गरिएको पार्टीका प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उक्त समितिमा पार्टी उपसभापति एवम् अर्थमन्त्री डा स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिनकुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्ता मनिष झा, सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र दीपकराज बोहरा रहेका छन् ।
यसैगरी, समितिमा गणेश पराजुली कानुनमन्त्री सोविता गौतम, परराष्ट्रमन्त्री शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली र सागर ढकाल छन् । समितिको पूर्णताका लागि पार्टीका सबै केन्द्रीय सदस्य र सातै प्रदेशका प्रदेश सभापतिलाई पनि मूल आयोजक समितिमा समेटिएको महामन्त्री बुर्लाकोटीले बताए ।
काठमाडौं : प्रतिनिधिसभाबाट आइतबार बहुमतको बलमा पारित गरिएको प्रतिनिधिसभा नियमावली, २०८३ प्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको...
काठमाडौं : विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव...
काठमाडौं : नेपाली कांग्रेसले सीमा समस्याका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिको विरोध गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का...