
काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालले भारतको कुन–कुन भूभाग मिचेको हो ? भन्नेबारे संसदमा स्पष्ट जवाफ दिन माग गरेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक निश्कल राईले यस्तो माग गरेका हुन् । उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले तीन करोड नेपालीको शीर निहुरिएको बताए ।
उनले प्रधानमन्त्री शाहले दिएको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहित, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षाविपरित रहेको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले संसद्मै उभिएर नेपालले भारतको कुन कुन भूभाग मिचेको हो ? भन्ने कुरा राख्नुपर्ने बताए ।
उनले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिले नेपाल पनि सीमा आक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको भन्दै प्रधानमन्त्रीले माफी मागेर आफ्नो अभिव्यक्ति फिर्ता नलिएसम्म संसद चल्न नसक्ने समेत बताए ।
काठमाडौं : प्रतिनिधिसभाबाट आइतबार बहुमतको बलमा पारित गरिएको प्रतिनिधिसभा नियमावली, २०८३ प्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको...
काठमाडौं : विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव...
काठमाडौं : नेपाली कांग्रेसले सीमा समस्याका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिको विरोध गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का...