
काठमाडौं : नेपाली कांग्रेसले सीमा समस्याका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिको विरोध गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरूको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थी नेताहरूलाई पक्राउ गरिनु नागरिकको संविधानप्रदत्त अधिकारको ठाडो उल्लंघन र निन्दनीय कार्य भएको ठहर गरेको छ । प्रधानमन्त्री शाहले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील ‘सीमा समस्या’ का बारेमा संसदको रोष्ट्रममा उभिएर गैरजिम्मेवार अभिव्यक्ति दिएको कांग्रेसको आरोप छ ।
उक्त अभिव्यक्तिको विरोधमा सिंहदरबारको दक्षिण गेटमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले नेविसंघमा आबद्ध राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डेलाई पक्राउ गरेको छ ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित विज्ञप्तिमा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने अधिकारको सम्मान गर्न आग्रह गरिएको छ । कांग्रेसले पक्राउ परेका विद्यार्थी नेताहरूलाई अविलम्ब रिहा गर्न सरकारसँग जोडदार माग समेत गरेको छ ।

काठमाडौं : प्रतिनिधिसभाबाट आइतबार बहुमतको बलमा पारित गरिएको प्रतिनिधिसभा नियमावली, २०८३ प्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको...
काठमाडौं : विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव...
काठमाडौं : नेपाली कांग्रेसले आफ्नो प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करूणा कटुवाललाई नियुक्त गरेको छ ।...