
काठमाडौं : प्रतिनिधिसभाको आज बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने भएको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा सबैभन्दा पहिला सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव वक्तव्यसहित प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
अर्थमन्त्रीको प्रस्तावपछि प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल सुरु हुनेछ ।
काठमाडौं : भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ...
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमितता छानबिनलाई तीव्र बनाएको छ ।...
नयाँ दिल्ली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले नयाँ दिल्लीस्थित आफ्नो...