सुधन गुरुङमाथि छानबिन गर्ने म्याद ५ दिन थप – Naya Bikalpa
June 2, 2026, Tuesday      Epaper

सुधन गुरुङमाथि छानबिन गर्ने म्याद ५ दिन थप

काठमाडौँ : तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङविरुद्ध भइरहेको छानबिनका लागि तोकिएको समयावधि थप गरिएको छ। अब समितिलाई थप पाँच दिन काम गर्ने समय उपलब्ध गराइएको छ ।

छानबिन समितिका अनुसार मंगलबारदेखि लागू हुने गरी थपिएको यो अवधि अन्तर्गत अनुसन्धान कार्य अघि बढाइनेछ। यसअघि तोकिएको १५ दिने समय सीमा सोमबार समाप्त भएको थियो ।

समितिले यस अवधिमा सम्बन्धित व्यक्तिसँग बयान लिने प्रक्रिया सम्पन्न गरिसकेको जनाएको छ । बयानअघि आरोपसँग सम्बन्धित पक्षहरूसँग आवश्यक जानकारी संकलन गर्नुका साथै सम्पत्ति विवरण लगायतका कागजातहरूको अध्ययन गरिएको पनि समितिले उल्लेख गरेको छ ।

सरकारले गत वैशाख २८ गते मन्त्रिपरिषद् निर्णयमार्फत छानबिन समिति गठन गरेको थियो । उक्त समितिको नेतृत्व उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले गरेका छन् भने सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने रहेका छन् ।

छानबिन समितिले थपिएको समयभित्र प्रतिवेदन तयारी तथा आवश्यक निष्कर्षमा पुग्ने लक्ष्य लिएको जनाएको छ ।

सम्बन्धित समाचार

रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
  • २०८३ जेष्ठ १९, १३: ५३

काठमाडौं : भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ...

सहकारी बेथिति आयोगको प्रतिवेदन कार्यान्वयनमा, १४ कर्मचारीलाई सोधियो स्पष्टीकरण
सहकारी बेथिति आयोगको प्रतिवेदन कार्यान्वयनमा, १४ कर्मचारीलाई सोधियो स्पष्टीकरण
  • २०८३ जेष्ठ १९, १३: ५३

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमितता छानबिनलाई तीव्र बनाएको छ ।...

रास्वपा सभापति लामिछानेलाई नयाँ दिल्लिमा भव्य स्वागत
रास्वपा सभापति लामिछानेलाई नयाँ दिल्लिमा भव्य स्वागत
  • २०८३ जेष्ठ १९, १३: ५३

नयाँ दिल्ली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले नयाँ दिल्लीस्थित आफ्नो...