प्रधानमन्त्रीको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउँदै जरा अभियानलाई तीव्रता दिने २८ बुँदे कांग्रेसको लुम्बिनी संकल्प – Naya Bikalpa
June 2, 2026, Tuesday      Epaper

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउँदै जरा अभियानलाई तीव्रता दिने २८ बुँदे कांग्रेसको लुम्बिनी संकल्प

रुपन्देही : नेपाली कांग्रेसले प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै २८ बुँदे ‘लुम्बिनी संकल्प’ सार्वजनिक गरेको छ । नेपाली कांग्रेस, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रुपन्देहीको तिलोत्तमामा आयोजित लुम्बिनी प्रदेशस्तरीय परामर्श कार्यशालाले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हित विपरीत रहेको ठहर गरेको हो ।

May be an image of temple

प्रधानमन्त्रीको अभिव्यक्तिमा घोर भर्त्सना र माफीको माग संसद्को रोस्टममा उभिएर प्रधानमन्त्रीले “हामीले पनि धेरै ठाउँमा सीमाना मिचेका छौँ” भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार र राष्ट्रिय सार्वभौमिकतामाथि आँच पुर्‍याउने खालको भएको कांग्रेसले जनाएको छ । संकल्प प्रस्तावको पहिलो बुँदामै कांग्रेसले यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्री, सरकार र सत्ताारुढ दलसँग अविलम्ब सार्वजनिक स्पष्टीकरण र माफीको माग गरेको छ ।

May be an image of one or more people, beard, people smiling and text

प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवार भनाइपछि लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नेपाली भूमिमा भइरहेको विकास निर्माणमा अवरोध पुगेको भन्दै कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

May be an image of crowd

संगठन सुदृढीकरणका लागि ‘जरा अभियान’ पार्टी संगठनलाई जगैदेखि बलियो बनाउन कांग्रेसले ‘जरा अभियान’ लाई तीव्रता दिने संकल्प गरेको छ । २८ औँ बुँदामा उल्लेख गरिएको यस अभियानअन्तर्गत पार्टीका क्रियाशील सदस्यहरूको डिजिटल अभिलेख राख्ने र संगठनलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ ।

May be an image of one or more people, crowd and dais

लुम्बिनी संकल्पका मुख्य बुँदाहरू: जेठ १८ र १९ गते सम्पन्न भेलाले प्रदेश र स्थानीय तहको विकासका लागि २८ बुँदे मार्गचित्र तय गरेको छ । संकल्पका केही महत्वपूर्ण बुँदाहरू यस प्रकार छन् :

कोखदेखि शोकसम्म सामाजिक सुरक्षा: गर्भावस्थादेखि नै सरकारको साथ रहने गरी एकीकृत सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने ।

शून्य बेरुजु र वित्तीय अनुशासन: स्थानीय सरकारहरूलाई ‘शून्य बेरुजु’ बनाउने अभियान सञ्चालन गर्ने र योजना बैंकमार्फत मात्र योजना छनोट गर्ने ।

उद्यमी आमा र घरदैलो सेवा: महिलाहरूको परम्परागत सीपलाई उद्यममा बदल्न ‘उद्यमी आमा’ कार्यक्रम र नागरिकका घरमै स्वास्थ्य सेवा पुर्‍याउन ‘घरदलान सेवा’ प्रभावकारी बनाउने ।

सकुम्बासी समस्याको समाधान: जोखिम क्षेत्रमा रहेका सुकुम्बासीको सम्मानजनक व्यवस्थापन गरी ‘सकुम्बासी समस्यामुक्त स्थानीय तह’ अभियान चलाउने ।

कृषि र पर्यटन: ‘एक स्थानीय तह, एक विशिष्ट कृषि उत्पादन’ नीति लिने र लुम्बिनीलाई केन्द्रमा राखेर ‘बुद्ध सर्किट’ तथा धार्मिक पर्यटनको विकास गर्ने ।

May be an image of text

नेपाली कांग्रेसले आफ्ना नेतृत्वमा रहेका स्थानीय सरकारहरूलाई थप सुशासनयुक्त, नागरिकमैत्री र परिणाममुखी बनाउन यो संकल्प जारी गरेको हो । भेलामा लुम्बिनी प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख-उपप्रमुख र पार्टीका विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो । कांग्रेसले संघीय सरकारलाई संविधानको मर्म र विधिको शासनलाई केन्द्रमा राखेर काम गर्न समेत सचेत गराएको छ ।

May be an image of dais and text that says "राष्ट्रियता लोकतन्प्र लोव"

May be an image of one or more people and text

May be an image of one or more people and text that says "MEN 10 १किमी 5肉 NIy 200 만이티는 제0원 t% नगरपालिका"

May be an image of one or more people

May be an image of one or more people, dais and crowd

May be an image of one or more people, dais and text

May be an image of one or more people, dais and crowdMay be an image of text

May be an image of one or more people and crowd

May be an image of one or more people and text

May be an image of dais and text that says "राष्ट्रियता लोकतता समाजबाद"

May be an image of one or more people and text

May be an image of one or more people and people smiling

May be an image of one or more people

May be an image of one or more people and crowd

May be an image of one or more people and text that says "ੴ pee ን जेष्ठ"

May be an image of one or more people and temple

May be an image of dais and text

May be an image of dais and text

May be an image of text

May be an image of tree, dais and text that says "राष्ट्रियता लोकतन्त्र लोक समाजवाद नेपाली कांग्रेस जरा ウイテ अभियान"

May be an image of text

May be an image of one or more people and dais

May be an image of dancing and violin

May be an image of one or more people, dais and text

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
  • २०८३ जेष्ठ १९, १७: ४२

काठमाडौं : भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ...

सहकारी बेथिति आयोगको प्रतिवेदन कार्यान्वयनमा, १४ कर्मचारीलाई सोधियो स्पष्टीकरण
सहकारी बेथिति आयोगको प्रतिवेदन कार्यान्वयनमा, १४ कर्मचारीलाई सोधियो स्पष्टीकरण
  • २०८३ जेष्ठ १९, १७: ४२

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमितता छानबिनलाई तीव्र बनाएको छ ।...

रास्वपा सभापति लामिछानेलाई नयाँ दिल्लिमा भव्य स्वागत
रास्वपा सभापति लामिछानेलाई नयाँ दिल्लिमा भव्य स्वागत
  • २०८३ जेष्ठ १९, १७: ४२

नयाँ दिल्ली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले नयाँ दिल्लीस्थित आफ्नो...