
काठमाडौं : नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको छ ।
पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले नयाँ क्रियाशील सदस्यता आवेदन फारम भर्न सकिने गरी खुला गरेको हो ।
बैठकले स्वदेश तथा विदेशमा रहेका योग्य नेपाली नागरिकलाई अनलाइनमार्फत नयाँ क्रियाशील सदस्य बन्न आवेदन दिन सक्ने व्यवस्था सुरु गर्ने निर्णय गरेको हो ।
बैठकले नेपालको संविधान, पार्टी विधान, नियमावली तथा अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धतासहित योग्य नेपाली नागरिकलाई सदस्यता आवेदन दिन आह्वान समेत गरेको छ ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८३/०८४ को...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी...
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसम प्रणालीमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखाको...