
काठमाडौं : नेपाली कांग्रेसले पार्टीका बाराका जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको बिहीबार बसेको बैठकले बारा जिल्ला सभापति यादवलाई निलम्बन गर्नुका साथै थप चारजनालाई सजग गराएको छ ।
बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउतलाई पार्टीले स्पष्टीकरण सोधेकामा चित्त बुझ्दो भएपछि सफाइ पाएका छन् ।
सर्लाहीका प्रदेशसभा सदस्य सकुन्तीदेवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई सजग गराइएको छ ।
तीनैजनालाई गुनासो नआउने गरी सजगताका साथ पार्टीको विधान, नियमावलीप्रति पूर्ण प्रतिबद्ध रही दत्तचित्तका साथ पदीय जिम्मेवारी अनुरुप कार्य गर्न निर्देशन दिएको छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिने बताएका छन् । शुक्रबार...
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई...
काठमाडौँ : नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्य छनोट प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी...