
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिने बताएका छन् ।
शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले सीमा समस्या समाधान ढोल बजाएजसरी हल्ला गरेर समाधान नहुने भन्दै उपयुक्त समय र प्रक्रियाअनुसार अघि बढाइने बताए ।
उनले उपयुक्त समयमा कूटनीतिक संवादमार्फत हल गर्ने कुरामा भारत समेत तयार रहेको बताए ।
उनले भने, ‘कुनैपनि कुराहरु दुई देशको कूटनीतिक च्यानलमार्फत गराउने कुरा एकदमै महत्वपूर्ण हुन्छन् । त्यो विषयमा हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन । तर ढोल नबजाइकन आफ्नो देशको बारेमा गर्ने कुराहरु गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा सरलबद्ध तरिकाले गर्नुपर्ने हुन्छ । कुनैपनि कामका चरणहरु हुन्छन् । त्यस्ता चरणमा सीमाको विषयमा कुरा गर्नुपर्ने हुन्छ । त्यसकारण सडक र सदनको बहसभन्दा माथि उठेर कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ ।’
उनले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको उल्लेख गर्दै त्यही नै सरकारको आधिकारिक धारणा रहेको बताए ।
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई...
काठमाडौँ : नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्य छनोट प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी...
काठमाडौं : सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशङ्कामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन...