
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख नौ हजार कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २३० निर्धारण भएको छ ।
हिजो बिहीबार एक तोला सुनको मोल रु तीन लाख ११ हजार १०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २८५ निर्धारण भएको थियो । गत बुधबार एक तोला सुन रु तीन लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ३७० मा खरिदबिक्री भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४४३ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिने बताएका छन् । शुक्रबार...
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई...
काठमाडौँ : नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्य छनोट प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी...