
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँले बढेको छ ।
आइतबार प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि भने दुई लाख ९८ हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भने प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १२० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १५ रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३२९ दशमलव ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित...
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक...
लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट...