भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ? – Naya Bikalpa
June 15, 2026, Monday      Epaper

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे
नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले दिएको मन्तव्यले अल्पमतमा समेटिएको प्रतिपक्षीहरुको आवाजलाई यसरी मुखरित गरेको देखियो कि अहिले प्राज्ञिक व्यक्तित्व तथा संसदीय मामिलाका जानकारहरु पनि भन्न थालेका छन्—यस्तोे सन्तुलित तथा वजनदार भाषामा सत्तापक्षलाई भन्न सक्ने नेता अहिलेसम्म कहाँ हुनुहुन्थ्यो ? आखिर नेपाली कांगे्रसको भनाइलाई संसदमा राख्न सक्ने नेताको चयन भएको रहेछ छ । सायद सत्तापक्षलाई पनि लाग्यो होला, गाली नगरीकन पनि र प्रतिशोधको लेपन नलगाईकन पनि आफ्ना कुरा राख्न सकिने रहेछ भन्ने लाग्यो होला । अनि संसदीय परम्परामा नदेखिएको विरोधका लागि रे भनेर टेबुल ठोकेको पनि देखियो जबकि नियमापत्ति गर्न त पाइन्थ्यो यदि संसदको प्रचलित नियममा कुनै उल्लंघन भएको थियो भने । हो एउटा कुरा भने नेकां संसदीय दलका नेता भीष्मराजजीको तथ्यभन्दा फरक परेको हो, त्यो के भने सम्म्माननीय सभामुखलाई सम्बोधन गरेर आफ्ना मित्र डीपी अर्याललाई धादिङ्बाट निर्वाचित भन्नुभयो जबकि उहाँका मित्र डीपी अर्याल काठमाडौैँ ९बाट निर्वाचिन सांसद हुनुहुन्छ जो अहिले प्रतिनिधि सभाको सम्माननीय सभामुख हुनुभएको छ र त्यो गरिमामय सभालाई सञ्चालन गरिरहनु भएको छ । अझ भीष्मराजजीको त्यो दिनको मन्तव्यले नछोएको कुनै विषय पनि थिएन र अघिल्लो विघटित संसदको संसदीय कार्बाहीमा तत्कालीन २१स्थानको रास्वपाको व्यवहारको जस्तो नगरी संसदको गत्यारोध फुकाउनका लागि मन्तव्य दिँदै हुनुहुन्थ्यो र प्रमुख प्रतिपक्षी नेताको हैसियतमा दिएको यो मन्तव्यप्रति अहिले समाजका प्रत्येक वर्गले विश्लेषण गरिरहेका छन् र पहिलेका नेताको भन्दा कति फरक शैलीमा शिष्टता देखाउँदै बोलेको भनेर प्रशंसा पनि गरिँदै आएको छ ।

बारम्बार संसदीय परम्पराको लागि नेपाली प्रतीकका रुपमा रहनु भएका बीपी कोइरालालाई संसदको शिष्टता र नियमभित्र रहने नेताको रुपमाा जुन तरिकाले नयाँ पुस्तालाई रोस्ट्रमबाट जानकारी दिनु भयो, त्यसले संसदीय परम्पराका लागि २०१६सालको संसदका बारेमा अनुसन्धान गर्नेहरुप्रति कृतज्ञता र नयाँ अनुसन्धान गर्नेहरुका लागि सन्दर्भ सामग्री पनि दिनु भएको छ । अनि सभामुखले समय दिएर बोल्दै गर्नुभएका र संसदको महत्व बताउँदै गर्नुभएका नेता आङ्देम्बेको मन्तव्य धेरै भयो भनेर संसदभित्रबाटै विरोध गर्ने शैलीको पनि नयाँ बास्तविकता देखियो । सायद सभामुखसँग अनुमति लिएर नियमापत्ति गर्न सकिन्थ्यो होला तर सभामुखजीले नै समय दिनु भएको हो र सभामुख आपैmँ आप्mना बारेमा आएको मिठो टिप्पणी मज्जा मानेर सुनिरहनु भएको देखिन्थ्यो र वहुमतका आवरणमा नियमावलीलाई सभामा छलफल नगराई गरिएको बलमिच्च्याईँलाई सहज भाषामा व्यंग्य गर्ने कलाको स्वयं सभामुख रमाइलो मानिरहनु भएको जस्तो लाग्थ्यो । यहाँँ स्मरणीय के छ भने त्यो दिनको प्रमुख प्रतिपक्षी नेताको मन्तव्यको पृष्ठभूमिचाहिँ सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले कुनै जानकारी विना अचानक प्रतिनिधि सभामा झुल्केर आफू प्रश्नोत्तरका लागि आएको भनेर सभामुखजीसँग समय लिनुभयो, नेपाली सीमाका बारेका बोल्दाबोल्दै नेपालले पनि भारतको सीमा मिचेको नयाँ तथ्य फेला पारेको कुराले संसदमा अवरोध आइरहेको थियो ।

विपक्षीहरुले त्यसको तथ्यसहित आउन या माफी माग्न प्रधानमन्त्रीलाई बोलाउन रुलिङ् गरिरहेका थिए कतिदिनदेखि तर सत्तापक्षले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा नआउने जानकारी दियो र सीमाका बारेका प्रधानमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाले जबाफ दिने भनेर भनेपछि संसदको गत्यारोध खुलाउनका लागि प्रमुख प्रतिपक्षी नेताले मन्तव्य दिँदै प्रतिपक्षीहरु अब अर्थमन्त्रीको बजेट र आर्थिक विधेयकमाथिको प्रस्तावमा छलफल गर्न थाल्ने जानकारी दिनुभएको थियो । वास्तवमा त्यो मन्तव्यले के पनि पाठ सिकायो भने प्रतिपक्षी कति संयमित हुनुपर्दो रहेछ संसदीय व्यवस्थामा । एकपटक बीपी कोइरालाले पेरोलमा छुटेर अमेरिका ओखती गर्न जाँदा कतिपय विदेशी मित्रहरुले उहाँलाई भनेका थिए, राजाले तपाईँलाई जेलमा सडाउने छन् , तपाईँ नेपाल नफर्कनुस् तर बीपीले भन्नु भएको रहेछ, सरकारसँग पुलिस होला,सेना होला, प्रशासन होला तर विपक्षीसँग त नैतिकता हुन्छ , वचनको पक्का हुने स्वभाव हुन्छ , त्यसैले म आफ्नै देशमा गएर शान्तिपूर्ण संघर्ष गर्छु, राजासँग आफ्ना कुरा राखिरहन्छु विपक्षी जहिले पनि संयमित र जबाफदेही हुनुपर्छ भन्ने देखाई रहन्छु । बीपीको पार्टीको संसदीय दलको नेता जुन पदमा स्वयं बीपी पनि हुनुहुन्थ्यो र प्रधानमन्त्री हुनुभएको थियो, जुन पदमा किसुनजी, गिरिजाबाबु, सुशील कोइराला जस्ता नेताहरुल हुनुहुन्थ्यो, त्यो बिरासत जोगाउने गरी भीष्मराजजीको मन्तव्य आएको ठानियो ।

अहिले उहाँकै मन्तव्यको सेरोफेरो संसद घुम्नेछ धेरै दिन किनभने उहाँले बाटामा काँडा रोप्ने विम्ब जुन दिन भयो, त्यसले के स्पष्ट पारेको छ भने बाटाका काँडाहरु पन्छाउनु छ त्यो पनि सत्तापक्ष र प्रतिपक्षको सहमतिमा । प्रधानमन्त्री शाहले संसदप्रति देखाएको व्यवहारले पनि काँडाको विम्बले ठुलो काम गरेको होला र सभामुखले प्रधानमन्त्रीलाई संसदमा अनिवार्य उपस्थितिका लागि बोलाउन नसकेको कुरा पनि काँडाको विम्बले देखाएको होला । अनि नियमावलीमा समय दिएर छलफल गरेको भए पनि के बित्ने थियो भन्ने भावना पनि त्यो विम्बले दिएको होला । कहिले संसदमा सांसद प्रदीप गिरिको कुरा सुनिन्थ्यो,कहिले विरोध खतिवडाको आफ्नू नामै विरोध भएकाले सधैँ विरोध गर्ने शैली र सभामुख दमननाथ ढुंगानाको आफ्नो पनि नाम दमन भएकाले दमन गर्ने शैलीको व्यंग्यात्मक तर मिठासपूर्ण रुलिङ् सुनिन्थ्यो । यसपटक नेकांका संसदीय दलका नेता भीष्मजीले सबैको समष्टिगत प्रतिनिधित्व गरेको आभास पाइयो भन्ने पुराना सांसदहरुको टिप्पणी सुनियो ।

२. र अन्त्यमा, काँडा त सबैतिर छन् आङ्देम्बेजी, आफैँ पनि पन्छाउनतिर लाग्नुपर्छ
नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीहरु प्रदीप तथा गुरुराजजी संसदको प्रतिनिधि सभाको सभामा हुनुहुन्न । पार्टीमा उहाँहरु राम्रो बोल्ने नेताहरुको रुपमा चिनिनु हुन्छ । पार्टीका सभापतिको समेत प्रतिनिधित्व गर्नेगरी संसदीय नेताको रुपमा देखिनु भएका भावी प्रधानमन्त्रीका रुपमा समेत देखिन सक्ने नेताको छवि बनाउन थाल्नु भएका आङ्देम्बेजीले नेकांभित्रको अहिलेको अवस्था जहाँ काँडा रोपिएको त छ तर पन्छाउन कोही पनि अगाडि आउन सकेका देखिँदैनन्, त्यस्तो बेलामा दलको पदभन्दा माथि उठेर नेताहरुको बिचमा समन्वय गराउन र पार्टीलाई सहजीकरण गरी विवादको भुमरीबाट सफल अवतरण गराउन पनि नेताको काम गर्नु पर्ने बेला आएको छ संसदीयदलको नेताको हैसियतले पनि,पुराना र नयाँको बिचको पुलको काम गर्ने नेताका रुपमा पनि ।

अपेक्षा गरौँ, इरान र अमेरिकाका बिचमा बहस हुन्छ, छलफल हुन्छ र सम्झौता हुन्छ, प्यालेस्टाइन र इजरायलका बिचमा छलफल हुन्छ र सहमति हुन्छ भने नेपाली कांग्रेसभित्र कुन त्यस्तो समस्या छ र समस्याको समाधान नै नहुने ? सुनिन्छ सात बुँदे प्रस्ताव लचिलो छ , मात्र त्यसमा समन्वय र समझदारीको कमी छ । दलको अस्मितामाथि खेलबाड नहोस् र अर्को दल खोल्नेतर्फ जानु भन्दा भएको आफ्नो सखल्ल दलको संगठन मजबुत गराउन सबै कांग्रेसी लागेमा सिद्धान्तप्रतिको निष्ठा जगाउन सकेमा कुनै गाह्रो छैन । यसको पनि यश त संसदीय दलका नेताको हैसियतले भीष्मजीले नै लिन सके सुनमा सुगन्ध अनि भावी प्रधानमन्त्रीको रुपमा नयाँ नेताको जन्म हुन्थ्यो कि ? पार्टीभित्रका काँडा रोप्नेहरुलाई नै सम्झाएर बुझाएर भए पनि काँडा पन्छाउन लगाउने हो कि ? सिद्धान्तविहीनहरुको अराजकतासँग भिड्नु पर्ने बेलामा आफैँ सिद्धान्तहीन विवादमा नफस्नका लागि भीष्मजीको त्याग खोजेको हो कि पार्टीले
महाभारतमा जस्तै ।

सम्बन्धित समाचार

सातबुँदे प्रस्ताव नै एकताको महाधिवेशन !
सातबुँदे प्रस्ताव नै एकताको महाधिवेशन !
  • २०८३ असार १, १६: ११

काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुको भरपुर असहयोगका बीच नेपाली कांग्रेसमा उल्लेख्य संख्याले क्रियाशील सदस्यता अद्यावधिक भएको छ...

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति
  • २०८३ असार १, १६: ११

काठमाडौं : अमेरिका र इरानबीच जारी तनाव र हालैको युद्ध अन्त्य गर्न एक ऐतिहासिक सहमति भएको छ । अमेरिकी राष्ट्रपति...

उत्तर पूर्वी भारतमा सैन्य विमान दुर्घटना
उत्तर पूर्वी भारतमा सैन्य विमान दुर्घटना
  • २०८३ असार १, १६: ११

काठमाडौँ  : भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्...