
काठमाडौं : काठमाडौं महानगरपालिका–३२ बालकुमारी पुलमुनि लागुऔषध नियन्त्रण ब्युरोको टोलीले २९६ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
ब्युरोको टोलीले चेकजाँचका क्रममा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थायी घर भएका ३९ वर्षीय किशोरीप्रसाद ओझैयासहित तीन जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा ओझैया लागु औषधसहित भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले दाहिने खुट्टाको पिँडौलामा गोली प्रहार गरेको थियो ।
घाइते ओझैयालाई तत्काल वीर अस्पतालमा उपचारका लागि लगिएको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता...
काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...