समाज एकता र प्रविधिको सही प्रयोग आवश्यक : मुख्यमन्त्री बानियाँ – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

समाज एकता र प्रविधिको सही प्रयोग आवश्यक : मुख्यमन्त्री बानियाँ

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दुर्गानगर विकास समाजद्वारा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा समाजभित्र एकता कायम राख्दै प्रविधिको सही प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँले दुर्गानगर क्षेत्र व्यवस्थित बस्तीका रूपमा विकास भइरहेको उल्लेख गर्दै स्थानीय समस्याहरू समाधानका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए। उनले खानेपानी, ढल तथा साना मर्मतसम्बन्धी काममा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार, “समाजमा बस्दा राजनीतिक आस्थाभन्दा पनि परिवारको भावना महत्वपूर्ण हुन्छ।” उनले कांग्रेस, एमाले वा अन्य दलको भन्दापनि एउटै समुदायका सदस्यका रूपमा मिलेर बस्नुपर्ने धारणा राखे।

बानियाँले पछिल्लो समय प्रविधिको दुरुपयोगका कारण सामाजिक सम्बन्ध कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे। “पहिला बिहान उठेर बुवाआमालाई ढोग्ने चलन थियो, अहिले मोबाइल हेर्ने चलन बढेको छ,” उनले भने। प्रविधिको प्रयोग आवश्यक भए पनि यसको दुरुपयोगले समाजमा नकारात्मक असर पारेको उनको भनाइ थियो।

उनले समाजभित्र आपसी सहयोग, सहनशीलता र संवाद आवश्यक रहेको उल्लेख गर्दै कुनै समस्या आएमा समुदायले मिलेर समाधान खोज्नुपर्ने बताए। साथै, ध्यान, योग र प्राणायामजस्ता अभ्यासले मानसिक सन्तुलन कायम राख्न मद्दत गर्ने उल्लेख गर्दै बागमती प्रदेश सरकारले आरोग्य केन्द्र स्थापना गर्ने योजना अघि बढाएको जानकारी दिए।

कार्यक्रममा स्थानीयवासीले बस्तीमा खानेपानी र पूर्वाधारसम्बन्धी केही समस्या उठाएका थिए। त्यसप्रति मुख्यमन्त्री बानियाँले चालु आर्थिक वर्षमै १०–२० लाख रुपैयाँसम्मको बजेटमार्फत मर्मत सम्भार गर्न सकिने बताए।

उनले अन्त्यमा समुदायको सक्रियताले मात्रै बस्तीको दीगो विकास सम्भव हुने उल्लेख गर्दै सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

सम्बन्धित समाचार

मनसुन थप चार प्रदेशमा विस्तार
मनसुन थप चार प्रदेशमा विस्तार
  • २०८३ असार ७, १५: २४

काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
  • २०८३ असार ७, १५: २४

काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...

सुनचाँदीको मूल्यमा वृद्धि
सुनचाँदीको मूल्यमा वृद्धि
  • २०८३ असार ७, १५: २४

काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...