
चितवन : चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् ।
उद्घाटन सत्रमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह, विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा नेता वर्षमान पुन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरू महाधिवेशनमा सहभागी हुन पुगेका छन् ।
काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...
काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...
काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...