
काठमाडौं : बुद्ध जयन्ती हीरक समारोह मूल समिति २५७० तथा पूर्ण महाविहार तारेश्वर संघ, नागबहालद्वारा आयोजित बुद्ध जयन्ती हीरक समारोह (बु.सं. २४९३–२५७०) को समापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले भगवान बुद्धको दया, करुणा र त्यागको सन्देशलाई आत्मसात् गर्न सबैलाई आग्रह गरे।

ख्यमन्त्री बानियाँले संस्थाले ७५ वर्षदेखि निरन्तर रूपमा विभिन्न धार्मिक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै त्यसको प्रशंसा गरे। उनले बुद्धको जीवन केवल आध्यात्मिक यात्रा मात्र नभई मानव सभ्यताका लागि मार्गदर्शक भएको बताए।

उनका अनुसार सिद्धार्थ गौतमले दरबार, परिवार र सम्पत्तिको मोह त्यागेर मानवताका लागि करुणा र दयाको मार्ग देखाएका थिए, जुन आज पनि उत्तिकै सान्दर्भिक रहेको छ। “बुद्ध भनेको दया, करुणा र त्यागको प्रतिमूर्ति हुन्,” उनले भने, “समाज र राष्ट्रका लागि काम गर्ने भावना नै बुद्धको मूल सन्देश हो।”

कार्यक्रममा उनले वर्तमान समाजमा बढ्दो विभाजन, राजनीतिक ध्रुवीकरण तथा धार्मिक असहिष्णुताप्रति चिन्ता व्यक्त गरे। चुनावी समयमा राजनीतिक दलबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसपछि समाज एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो।

मुख्यमन्त्री बानियाँले विशेषगरी धार्मिक सहिष्णुता र पारस्परिक सम्मान कायम गर्न आवश्यक रहेको औंल्याउँदै सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा जोड दिए। उनले बुद्धको सन्देशले समाजमा मेलमिलाप, सहअस्तित्व र मानवीय मूल्यलाई बलियो बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

समारोहका अवसरमा स्मारिका प्रकाशनसमेत गरिएको थियो। कार्यक्रममा सहभागीहरूले बुद्धका शिक्षालाई व्यवहारमा लागू गर्दै समाजमा शान्ति, सहिष्णुता र एकता कायम गर्न प्रतिबद्धता जनाएका थिए।

काठमाडौं : नेपाल सरकारले विश्वको १२औं अग्लो हिमाल ‘ब्रोड पिक’ आरोहणका क्रममा यही साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने...
राजविराज : सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको छ । प्रमुख...
काठमाडौं : अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।...