सिटीईभीटीले डिप्लोमाको परीक्षा मंसिर ८ गतेबाट गर्ने – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

सिटीईभीटीले डिप्लोमाको परीक्षा मंसिर ८ गतेबाट गर्ने

नयाँ विकल्प,

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा मंसिर ८ गतेबाट शुरु गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण स्थगित परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमै सञ्चालन गर्न लागेको जनाइएको छ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने सिटीइभिटीले जनाएको छ ।

कोभिड–१९ संक्रमण देखिएका परीक्षार्थीले होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बसेको प्रमाण पेस गरेमा छुट्टै परीक्षाको व्यवस्था गरिने भएको छ ।

परीक्षा जुध्न गएका परीक्षार्थीलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न भनिएको छ । सिटीईभिटीले डिप्लोमा÷प्रमाणपत्र तहको एक विषय मौका परीक्षा भने २२ कार्तिकमा सञ्चालन गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ कार्तिक ६, १२: ४१

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ कार्तिक ६, १२: ४१

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ कार्तिक ६, १२: ४१

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...