
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अरुले जित्न नसक्ने क्षमताको नयाँ क्रुज क्षेप्यास्त्रको विकास आफूले गरेकोले क्षेप्यास्त्र क्षमतामा रुस सबैभन्दा बलियो भएको बताएका छन् । आगामी राष्ट्रपतीय चुनावपूर्व आफ्ना महत्वपूर्ण नीतिहरु प्रस्तुत गर्दै पुटिनले गरिबीको रेखामुनि रहेका रुसीको संख्या आधा घटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
मार्च १८ मा हुने चुनावमा विजयी हुँदै पुटिन चौथौ पटक राष्ट्रपतिमा चुनिने देखिएको छ । राष्ट्रपतीय चुनावपूर्व राष्ट्रलाई गरेको सम्बोधनका क्रममा पुटिनले विश्वको जुनसुकै भागमा पुग्न सक्ने क्षमता भएको एक क्षेप्यास्त्र सहितका विभिन्न प्रकारका नयाँ अस्त्रहरु रुससँग रहेको उद्घोष गरेका हुन् । यूरोप र एसियामा अमेरिकी प्रतिरक्षा प्रणालीले सो क्षेप्यास्त्रलाई रोक्न नसक्ने दाबी पुटिनको छ ।
पुटिनले रुसले पनडुब्बीबाट प्रहार गर्न सकिने परमाणु अस्त्रयुक्त ड्रोनको पनि परिक्षण गरिरहेको बताएका छन् । उनले अमेरिकी सेनाको प्राविधिक विस्तारका कारण आफ्ना परमाणु अस्त्र बेकार हुनु अघि नै आफ्ना अस्त्र सुधार्नुपर्ने भएको पनि बताएका छन् । दुई घण्टा लामो टेलिभिजिन सम्बोधनका क्रममा उनले रुसी नागरिकहरुलाई ती दुई परमाणु अस्त्रहरुका लागि नाम सुझाउन आग्रह समेत गरेका थिए । उक्त सम्बोधनका क्रममा पुटिनले गरिबीको रेखामुनि रहेका रुसीहरुको संख्या आधामा ल्याउने बताए ।
६ वर्षभित्रमा गरिबीको रेखामुनि रहेका रुसीहरुको संख्या दुई करोडबाट घटाएर एक करोडमा झार्ने लक्ष्य आफूले लिएको पनि जानकारी दिए । सरकारी आँकडा बमोजिम प्रत्येक ७ जना रुसीमध्ये एकजना गरिबीको रेखामुनि रहेका छन् । उनको सरकारले रुसीहरुको औसत उमेर बढाएको भए पनि अझै त्यसलाई बढाई जापान, फ्रान्स र जर्मनीको बराबर ८० वर्ष पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौँ । फिलिपिन्समा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकाको भूगर्भ सर्वेक्षण संस्थाका अनुसार भूकम्प जमिनको सतहबाट करिब...
काठमाडौँ । अमेरिका र इरानबीचको तनाव झनै बढ्दै गएको छ। अमेरिकी सेनाले इरानका तटीय राडार केन्द्रहरूमा आक्रमण गरेको दाबी गरेको...
काठमाडौँ । अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएका इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको निधन भएको तीन...